बागलुङ- नेपालमा दोस्रो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएका किशोरीसँगै आएको बागलुङ ढोरपाटनका युवामा हाल सम्म कुनै संक्रमणका लक्षणहरु नदेखिएको पुष्टी भएको छ ।
गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरी फर्किएको जाहजमा जिल्लाको ढोरपाटन नगरपालिका–५ का एक युवा फर्किएका थिए । उनी फकिएर आफ्नै गाउँमा पुगेको थाहा भएपछि मंगलबार ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा मिलन मल्ल सहितको टोली उनकै घरमा पुगेको थियो । घरमा पुग्दा उनी आफ्र्नैे घरमा बसेका थिए । जहाजमा सँगै आएपछि उनिमा कोरोना सम्बन्धी कुनै लक्षण नदेखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा मिलन मल्लले बताए । उनी घरमा आएको पनी एक साता वितिसकेको छ । ‘हामी किशोरी सँगै आएका युवाको घरमा नै पुग्यो डा मल्लले भने, उनि सँग कुनै लक्षण भएको पाईएन । उनिसँगै सवै कुरा ग¥यौं, उनको आफ्ना दुई घर भएका कारण छुट्टै घरमा बस्नका लागि आग्रह गरेका छौं र कुनै समस्या देखिएमा खबर गर्नु भनेर समेत भनेका छौं । अहिले सम्मको अवस्था हेर्दा त्यस्तो कुनै शंका गर्नुपर्ने अवस्था छैन । उनलाई अझै एक साताका लागि घरमै ‘सेल्फ क्वारेन्टाइनमा’ राखिएको डा मल्लले बताए । युवालाई यदी आउँदो दिनमा कुनै केही लक्षण देखिएमा पुन जिल्लातहको टोली पुगेर थप स्वास्थ्य जाँच गर्ने बताईएको छ । ।
उनी फ्रान्सबाट आएर एक रात काठमाण्डौं बसेर भोलीपल्ट गृह जिल्ला प्रस्थान गरेका थिए । गाउँ आएका उनलाई कोरोना संक्रमण भएका किशोरी सँगै आएको खबर पछि स्वास्थ्यकर्मि सहितको टिम उनकै घरमा पुगेको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले जानकारी दिए ।
‘विदेशबाट आएका ती युवा गाउँमै रहेको सुचना आएको थियो । हामी नगरपालिकाबाट डाक्टर सहितको टोली उनको घरमा पुग्यौ नगरप्रमुख नेपालीले भने, उनी सँग सवै कुराकानी भयो, उनलाई अहिले सम्म ज्वरो आउने, रुघाखोकी लाग्ने कुनै पनि लक्षण देखिएको छैन । उनी एकदमै स्वस्थ्य देखिन्छन । उनलाई हामी ‘होम क्वारेन्टाइनको व्यवस्था गरेर फर्किएका छौं । १४ दिन सम्म उनलाई क्वारेन्टाईनमा राखिएको छ ।
संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनीहरु चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएका थिए । सरकारले युरोप, पश्चिम एसिया र खाडी क्षेत्रका सबै मुलुकबाट सीधा उडान र जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुलाई आगमनमा ७ चैतदेखि प्रतिबन्ध लगाएको थियो ।