अहिलेको कार्य समितिलाई यहाँका नेपालीले तुरन्तै काम गर्छन ,सहयोग गर्छन भन्छन यहि नै खुशीको कुरा छ – देवीलाल भण्डारी

जापानमा रहेका हरेक नेपाली दुखका साथी , हर कोहि नेपालीका पिडामा मल्हम लगाउन पुग्ने नेपालीका सेवक व्यक्तित्व गैह्र आवासीय नेपाली संघ जापानका अध्यक्ष देवीलाल भण्डारीसंग दिब्यदृस्टी का सम्बाददाताले गरेको अन्तर्वार्ताको सम्पधित अंश |

१- भिजिट नेपाल २०२० को प्रचार प्रसार कस्तो भैरहेको छ ?
यसको लागि नेपालीहरु माझ भन्दा पनि यहाँका वडा कार्यालय नगर पालिका कार्यालयमा र जापानिजहरुको सरकारी कार्यक्रमहरुमा बढी कार्यक्रमहरु गरेका | जापानी भाषामा नै टिसर्ट र पोस्टर बनाएका छौ र अब यी सब जापानीहरुलाई बाड्ने छौ | जापानीलाई कुन महिनामा नेपाल जाने र भिजाको के कसरि लिने अनि टिकट र होटल बुकिङ्ग कसरि गर्ने , नेपालको कुन कुन भाग कसरी घुम्ने भन्ने बारेमा विभिन्न ठाउको जानकारी सहितको एउटा ब्रोसर बनाएका छौ त्यो पनि बाडदै छौ |

२- भिजिट नेपाल २०२० मा नेपाल पुग्ने जापानी पर्यटकको संख्या कति जति होला जस्तो छ ?
लगभग हामीले २० हजार जापानी पर्यटक नेपाल पुराउने सोंचमा छौ तर अहिले यो कोरोना भाइरसले केहि समस्या पर्छकि जस्तो छ | जापानीहरुले नयाँ गन्तव्यका ठाउंहरु खोजिरहेका छन् | नेपाल सरकारले यो कार्यक्रम गरेर मात्रै पनि हुँदैन यसमा होटल टिकटमा छुट दिने हो भने संख्या धेरै बढ्ने छ |

३- भिजिट नेपाल २०२० का लागि निकै खट्नु भएको छ भन्ने सुनिन्छ कत्तिको लग्नु भएको छ ?
म मात्रै नभएर यो कार्यसमिति नै निकै खटेको छ | अप्रिलमा १६ जना जापानिज एकै पटक जाँदै छन् यताबाट जाने टिकट छ तर उता बाट फर्कने टिकट नै दिएको छैन नेपाल वायु सेवा निगमले त्यसैले उनीहरु थाई एयरलाइन्सको प्रयोग गर्दै छन् | अहिलेको हाम्रो खटाई भनेको १० हजार पर्यटक गए भने फेरि उनीहरुको प्रचार बाट नै २० हजार जाउन भन्ने हो | अझ नेपाल सरकारले अनलाइन टिकट बुकिङ्ग राम्रोसंग गरिदिय धेरै राम्रो हुने थियो |

४-जापानमा रहेका नेपालीहरुले एनआरयनए जापान बाट के कस्ता खालका सहयोग पाएका छन् ?
के कति सहयोग पाएका छन् भन्ने कुरा त जापानबासी नेपालीहरुले नै भन्ने र बुझ्ने कुरा हो तर यहाँ भन्न पर्दा कुनै पनि दुख बिमार परेका र पारिवारिक झैँ झगडा परेकालाई पनि मिलाएर राखेका छौं | कसैको मृत्यु हुँदा शब् नेपाल पठाउने देखि यहीं जलाउने ( परिवारको चाहना अनुसार ) कामहरु पनि गरिरहेका छौं | अहिलेको कार्य समितिलाई यहाँका नेपालीले तुरन्तै काम गर्छन ,सहयोग गर्छन भन्छन यहि नै खुशीको कुरा छ | हामीले अहिले बौध्धिक बर्गहरुको पनि एउटा कमिटि बनाएका छौं र यहाँका बिध्धार्थीहरुलाई पनि उहाँहरुबाट धेरै कुरामा सल्लाह र सहयोग हुने छ |

५-पछिल्लो समयमा जापानमा रहेका नेपालीहरु एक आपसमा झैँ झगडा गरेर कतिपय ठाउँमा जापानीहरुले नेपालीहरूलाइ घृणा गर्ने अवस्था पनि आएको छ भन्छन नि तपाई के भन्नु हुन्छ ?
यहाँ नेपालीहरुलाई मात्रै नभयर अन्य देसका नागरिकहरुलाई पनि एउतै व्यवहार छ किनकि म यहाँको प्रहरी प्रसाशनसंग पनि नजिक छु | पहिला बिदेसिको झगडा आफै मिलाउ भन्थ्यो तर अहिले प्रहरी प्रसाशनले नै समातेर कानुनी रुपमा नै कडाईका साथ् कारबाही गर्ने गर्छ यसरि कारबाही गर्दा गल्ति गर्नेलाई भिजा प्रोसेसमा असर गर्छ यहि कारणले पनि पहिलाको भन्दा अहिले यस्ता कार्यहरु धेरै कम भएका छन् | सार्बजनिक ठाउमा ,महोत्सबको समएमा रक्सि खाई हो हल्ला गर्ने झगडा गर्नेहरुलाई प्रहरीले लिएर छोडे पनि भिजा थप गर्ने समएमा कडाई गरेको छ , भिजा नदिन पनि सक्छ त्यही भएर आफ्ना छोरा छोरीलाई आफ्नै घरबाट पनि राम्रो शिक्षा दिनु पर्छ |

६- तपाइको बिचारमा भिजिट नेपाल २०२० को लागि नेपाल सरकारले के गरिदिय अझै राम्रो र सफल हुन्थ्यो जस्तो लाग्छ ?
हाम्रो चाहना के हो भने अब आउने जुनमा प्रत्येक बर्ष जस्तै यो बर्ष पनि नेपाल फेस्टिबल मनाउदै छौं त्यो पनि हामीलाइ घाटा नलाग्ने गरि यहाँ भएका सबै संघ संस्था मिलेर | भिजिट नेपाल २०२० को लागि पाउनु पर्ने सहयोग जस्तै नेपाल एयरलाइनस ,पर्यटन बोर्ड बाट हामीले पायौ भने हामीले धेरै राम्रो गर्ने थियौं र जापानमा रहेका हाम्रा १४ वटै क्षेत्रिय समितिबाट पनि राम्रो संग भिजिट नेपाल २०२० को सबै ठाउंबाट प्रचार प्रसार गर्न पनि सजिलो हुन्थ्यो |

७- मनमा लागेका केहि भन्नु पर्ने छ कि ?
सम्पूर्ण जापानबासी नेपालीहरूलाइ हामी जापान बसछौ ,यो देस भनेको कानुन र नियमलाई पूर्ण रुपमा पालना गर्ने देस भएको कारण हामीले पनि मान्नु पर्छ | यहाँ लामो समय बस्ने हो भने स्वस्थ बिमा अनिवार्य गर्नु पर्छ | हामी दुख गरेर केहि पैसा कमौना आएको हो हामीले आफ्नो पहिचान नाभुलिकाना यहाँको नियम कानुन भित्र बसेर काम गरौँ | आफ्नो कुनै पनि गोप्य कुराहरु सामाजिक संजल्हारुमा नराखौं | बस आफुले आफुलाई चिनौ | यो कोरोनाको अशर के कस्तो हुन्छ त्यो अनुसार कार्यक्रम फेरबदल हुन पनि सक्ने छ |

हस्त धन्यबाद ,
हजुरलाई पनि धन्यबाद |

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →