बागलुङ-
गत शनिबार कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अंशु सापकोटाका परिवारका चार जनामा कोरोनाको संक्रमण नरहेको पुष्टी भएको छ ।
गत सोमबार उनको परिवारका ७ जना सदस्य सहित ११ जनाको स्वाब परिक्षणका लागि काठमाडौं पठाईएको थियो । उनिहरु मध्ये परिवारका चार जनाको बुधबार बुधबार रिर्पाट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
स्वास्थ्य कार्यालय र धौलागिरी अञ्चल अस्पताल बागलुङले सापकोटा, उनका परिवार र सापकोटा संगै यात्रा गरेका १० जनाको स्वाब परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाएको थियो ।
परिक्षणका लागि पठाईएको मध्ये अंशुुका हजुर बुवा लिलाधर सापकोटा, बाबु ऋषिराम सापकोटा, मावली तर्फका दाजु आकाश चापागाई र दिदी प्राप्ती चापागाईको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गुरौले बताए ।
गुरौका अनुसार संक्रमण पुष्टि भएकी किशोरी अशुंको दोस्रो पटक स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । अंशु र बाँकी ६ जनाको स्वाब परिक्षण हुन बाँकी रहेको र विहिबार सम्म आउने सम्भावना रहेको बताए ।
संक्रमित किशोरीको स्वास्थ्यमा सुधार
किशोरीमा संक्रमण देखिए सँगै कोरोना भाइरस (कोभिड–१९) को बागलुङमा संक्रमणको तिव्र जोखिम देखिएको । किशोरीको भने स्वास्थ्यमा सुधार आएको छ । उनमा खाना पनि रुचेको हुँदा दोस्रो पटको रिर्पाट नेगेटिभ आउनेमा चिकित्सकहरु आशाबादी रहेका छन ।
गत चैत्र ४ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल आएका थिइन् । कतार एयरवेजको विमानमा सवार काठमाण्डौंकी १९ बर्षिया युवतिलाई कोरोना संक्रमण पुष्टि भए पछि विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका यि किशोरीलाई पनि सामान्य ज्वरो देखिएकाले चैत्र १२ गते स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको थियो । त्यस पश्चात गत शनिबार उनीमा पोजेटिभ भएको रिर्पोट आएको हो । अहिले संक्रमित किशोरी पुगेको सवै स्थानमा जोखिम बढेको भन्दै सवैलाई सचेत हुन आग्रह गरिएको छ ।
टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौं पठाइएको स्वाब परीक्षणमा किशोरीमा शनिवार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सोही विमानमा आएका बागलुङ ढोरपाटनका युवाको पनि स्वाब परीक्षणमा पठाइएको छ भने अर्का एक महिलाको अवस्था भने अहिले सामान्य छ । उनीहरु अहिले होम क्वारेन्टाइनमा छन् ।
पुनश्च ः संक्रमित किशोरी र उनका बाबुले मिडियामा मंगलबार परिचय खुलाएको हाे ।