बागलुङकी ६५ बर्षिया महिलामा कोरोनाको संक्रमण पुष्टी

बागलुङ-
कोरोना संक्रमण पुष्टी भएकी दुई युवतिसँगै कतार एयरवेजबाट आएका बागलुङ आएकी बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ बर्षिया महिलालाई पनि कोरोना पुष्टि भएको छ ।
चैत्र ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट कतारबाट नेपाल सँगै आएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ बर्षिया किशोरीलाई कोरोना संक्रमण भए पछि उनको पनि सोमबार स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको थियो ।
परीक्षणबाट ती महिलामा पनि कोरोना संक्रमण भएको पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । संक्रमित महिलालाई आफ्नै घरमा क्यारेन्टाईनमा बस्दै आएकी छिन । उनलाई धौलागिरी अञ्चल अस्पतालमा ल्याई आईशोलुसेनमा राखी उपचार गरिने गुरौले जानकारी दिए । परिवारका अनुसार संक्रमित महिलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनलाई केही समय पहिले दम (सिओपिडी) रोगको समस्या देखिए पनि औषधी नियमित खाए पछि निको भएको र पछिल्लो समयमा कुनै समस्या नरहेकोे परिवारले जनाएको छ । धौलागिरी अञ्चल अस्पतालमा आईसियु कक्ष नभएका कारण उनको काठमाडौ उपचार गर्ने की यही गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । तर परिवारले यही उपचार गरे संक्रमित महिलालाई सहज हुने बताएको छ ।
छोरी भेटेर बेल्जियमबाट फर्किएकी थिईन
संक्रमणको पोजेटिभ रिपोर्ट आएका महिला फागुनको दोस्रो सातामा कान्छी छोरी भेट्नका लागि बेल्जियम पुगेकी थिइन् । छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नभएको भन्दै धेरै दिन सम्म उनको नमुना संकलन समेत गरिएको थिएन । पछि उनी सँगै बेल्जियमबाट सँगै आएकी बागलुङ नगरपालिका–४ की एक किशोरीमा संक्रमण देखिएपछि विमानमा सवार भएका बागलुङका चारै जनाको नमुना स्वाब परीक्षण हुनुपर्ने दबाब तिव्र बन्दै गएकाले नमुना संकलन गरी पठाइएको थियो । उनी सँगै ११ जनाको स्वाब परिक्षणका लागि पठाईएको थियो । ति मध्ये बुधबार र विहिबार गरी ८ जनाको रिर्पोट आएको र १ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय प्रमुख गुरौले बताए । विमानमा संक्रमित किशोरी र महिला सँगै आएका विमानमा सवार जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिका–१३ कै अर्का युवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
संक्रमित किशोरी सँगै काठमाण्डौ उत्रिएर पोखरा हुँदै बागलुङ आएकी महिला घरमै परिवारसँगै बसेकी थिइन् । एउटै विमानमा आएका काठमाण्डौका युवतिलाई कोरोना संक्रमण पुष्टि भएर कुडुलेका किशोरीलाई सामान्य ज्वरोको लक्षण देखिए पछि मात्रै ती महिला होम क्वारेन्टाइनमै छुट्टै बस्दै आएकी छन् ।
सगै आएका दुई जना संक्रमित
जिल्लामा दुई जना संक्रमित फेला परे सँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको तिव्र जोखिम देखिएको भन्दै बागलुङमा त्रास बढेको छ । कोरोना संक्रमण देखिएका कुडुलेकी किशोरीको परिवारका परिवारका ७ जना सदस्य मध्ये किशोरीका बुवा, हजुर बुवा, हजुआमा, फुपु, फुपुका छोरा र छोरीमा संक्रमण नभएको रिपोर्ट आएको छ । अन्य केहीको भने रिपोर्ट आउन बाँकी छ । संक्रमित किशोरी र संक्रमित महिला बेल्जियमबाट कतार हुँदै काठमाडौं सँग आएका थिए । काठमाडौंमा संक्रमित महिलाका आफन्त लिन गएका थिए । किशोरी र महिला सँगै आफन्त पनि काठमाडौ देखी पोखरा र पोखराबाट स्कार्पियोमा बागलुङ सँगै आएका थिए । किशोरी र महिला सँगै आएका युवाको पनि स्वाब परिक्षणका लागि काठमाडौं पठाईएको छ । उनको रिर्पोट शुक्रबार सम्म आउने अनुमान गरिएको छ । संक्रमित युवतीका परिवारका अन्य सदस्यलाई पनि नेगेटिभ भएको हुँदा युवालाई पनि संक्रमण नहुनेमा आशा व्यक्त गरेका छन ।