एम्बुलेन्स चालक भागेपछि स्वास्थ्य कार्यालय प्रमुख नै आफ्ना चालकलाई लिएर संक्रमित विरामी लिन पुगे

बागलुङ – विहिबार नयाँ काेराेना संक्रमितकाे रुपमा पुष्टी भएकी बागलुङ नगरपालिका ३ कि ६५ बर्षिया महिलालाई धाैलागरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याई गत ४ चैतमा बेल्जियबाट आएकी बाग्लुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भर्ना गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै थिइन् ।  संक्रमण भएको रिपोर्ट आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

तर, अस्पताल लैजान त्यति सहज भने भएन । उनलाई लिन स्वास्थ्य कार्यालय प्रमुख सुरज गुराै आफ्ना चालक रुद्र पराजुली लिएर विरामी लिन पुगेका थिए ।  मेयरदेखि सिडिओसमेत पन्छिएपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरज गुरौ अग्रसर भए ।  पिपिई लगाएर उनले वृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुऱ्याएका हुन् ।

            ती वृद्धा छोरी भेट्न बेल्जियम गएकी थिइन् । कतार एयरको क्युआर– ६५२ विमानबाट उनी ४ चैतमै फर्किएकी थिइन् । सोही दिन उनी यति एयरलाइन्समार्फत पोखरा गएकोमा त्यहाँबाट स्कार्पियोमा बाग्लुङ गएकी हुन् । बाग्लुङकै अर्की कोरोना संक्रमित युवती र उनी सँगै फर्किएका थिए । बाग्लुङकी पहिलो संक्रमितको परिवारमा संक्रमण देखिएन ।