संघीय संसद सचिवालयले सरकारी राहत कोषमा १ करोड पठायो

काठमाडौं चैत २५ गते । संघीय संसद सचिवालयले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा पहिलो चरणमा आज मंगलबार १ करोड बढी रकम जम्मा गरेको छ ।

सचिवालयले महालेखा नियन्त्रकको कार्यालय मार्फत आज १ करोड १ लाख ३२ हजार ८ सय रुपैंया कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रण बसन्तराज सिग्देलले जानकारी दिए।

आज पठाईएको रकम प्रतिनिधिसभाका सम्माननीय सभामुख अग्नि प्रसाद सापकोटा, राष्टिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, माननीय उपाध्यक्ष शशिकला दाहालले यस अघि घोषणा गरेको एक महिनाको पारिश्रमिक बराबरको रकम पठाइएको छ ।

यस्तै नेकपा संसदीय दलका १ सय ९५ जना सांसदको आधा महिनाको तलब बराबरको रकम, नीजि सचिवालय, स्थाई तथा करार कर्मचारीका तर्फबाट गरिएको योगदाकनको रकम पनि पठाईएको छ ।

पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद प्रदीप यादव र राष्टिय जनमोर्चाकी सांसद दुुर्गा पौडेलको एक महिना बराबरको तलब पनि कोषमा पठाइएको छ । संघीय संसद सचिवालयका अनुसार बाँकी सांसदहरुले कोषमा गरेको राहत रकम भने अर्को महिना जम्मा हुनेछ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →