कोरोनाबाट अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु, करिब ५ लाख संक्रमित (कुन देशमा कति)

अमेरिका, चैत २९ गते । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकै दिन २ हजार ३७ जनाले ज्यान गुमाएका छन्। यससँगै कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्था १८ हजार ६३७ पुगेको छ।

यसैगरी ३३ हजार ४८३ नयाँ संक्रमित भेटिए सँगै अमेरिकामा ४ लाख ९९ हजार २५२ मा संक्रमण पुष्टि भएको छ।

स्पेनमा ५ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै संक्रमित संख्या १ लाख ५८ हजार २७३ पुगेको छ। जसमध्ये १६ हजार ८१ को ज्यान गइसकेको छ भने ५५ हजार ६६८ निको भएका छन्।

पछिल्लो समय अलि नियन्त्रणमा आएको इटालीमा ३ हजार ९५१ नयाँ संक्रमित भेटिए सँगै १ लाख ४७ हजार ५७७ मा संक्रमण भइसकेको छ। यस्तै ५७० जनाले थप ज्यान गुमाएका छन्।

यूरोपियन मुलुकहरू इटाली र स्पेनपछि पछिल्लो समय आक्रान्त बनेको फ्रान्समा ९८७ जनाले गत २४ घण्टामा ज्यान गुमाएका छन्। त्यस्तै ७ हजार १२० मा नयाँ संक्रमण पुष्टि भएको छ। यससँगै फ्रान्समा मर्नेको संख्या १३ हजार २१५ पुगेको छ भने संक्रमित संख्या १ लाख २५ ९३१ पुगेको छ।

गत डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म विश्वभर १ लाख २ हजार ६०७ ले ज्यान गुमाइसकेका छन्। त्यस्तै १६ लाख ९४ हजार ९५४ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ३ लाख ७६ हजार १०२ जना निको भएका छन्।

कुन देशमा कति (आँकडा)

अमेरिका
संक्रमित: ४,९९,२५२
मृत्यु: १८,६३७
निको: २८,७९०

स्पेन
संक्रमित: १,५८,२७३
मृत्यु: १६,०८१
निको: ५५,६६८

इटाली
संक्रमित: १,४७,५७७
मृत्यु: १८,८४९
निको: ३०,४५५

फ्रान्स
संक्रमित: १,२५,९३१
मृत्यु: १३,२१५

निको: २५,१९५

जर्मनी
संक्रमित: १,२२,१७१
मृत्यु: २,७६७
निको: ५३,९१२

चीन
संक्रमित: ८२,९४१
मृत्यु: ३,३४०
निको: ७७,७९१

बेलायत
संक्रमित: ७४,६०५
मृत्यु: ८,९७४
निको: ५८८

इरान
संक्रमित: ६८,१९२
मृत्यु: ४,२३२
निको: ३५,४६५

टर्की
संक्रमित: ४७,०२९
मृत्यु: १,००६
निको: २,४२३

बेल्जियम

संक्रमित: २६,६६७
मृत्यु: ३,०१९
निको: ५,५६८

स्वीजरल्यान्ड
संक्रमित: २४,५५१

मृत्यु: १,००२
निको: ११,१००

भारत
संक्रमित: ७,६००
मृत्यु: २४९
निको: ७७४

नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →