कोरोनाः इटालीलाई पछाडि पार्दै अमेरिका, २० हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, चैत ३० गते । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ।

शनिबार एकै दिन १ हजार ८१५ जनाको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ५७७ पुगेको छ। शुक्रबारसम्म सबैभन्दा बढी मृत्यु हुनेको सूचीमा इटाली रहेकोमा शनिबारदेखि अमेरिका सबैभन्दा अगाडि आएको हो।

अमेरिकामा सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा ८ हजार ६२७ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३२ हजार नाघेको छ।

इटालीमा अहिलेसम्म १९ हजार ४६८ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या एक लाख ५२ हजार २७१ रहेको छ । यस्तै स्पेनमा ज्यान गुमाउनेको संख्या १६ हजार ६०६, तथा संक्रमितको संख्या एक लाख ६३ हजार २७ पुगेको छ।

फ्रान्समा अहिलेसम्म १३ हजार ८३२ जनाको कोभिड–१९ बाट ज्यान गइसकेको छ । त्यहाँ संक्रमितको संख्या एक लाख २९ हजार ६५४ रहेको छ। बेलायतमा ९ हजार ८७५, इरानमा ४ हजार ३५७, बेल्जियममा तीन हजार ३४६ तथा नेदरल्याण्डमा दुई हजार ६४३ जनाको ज्यान गएको छ।

विश्वभर अहिलेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार ८१९ पुगेको छ । यस्तै संक्रमितको संख्या १७ लाख ७८ हजार पुगेको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →