सार्क राष्ट्रमा कोरोनाबाट ८१० जनाको मृत्यु, संक्रमितको संख्या २८ हजार नाघ्याे

एजेन्सी , वैशाख ७ गते । विश्वभर महामारीकाे रुपमा फैलिएकाे कोराेना भाइरसको प्रकाेप सार्क राष्ट्रहरु (दक्षिण एशिया)मा पनि तीब्र गतिमा फैलिन थालेकाे छ।

दक्षिण एशियाका आठ देशमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ८१० जनाको मृत्यु भएको छ। त्यस्तै कोरोना संक्रमितको संख्या पनि तीब्र गतिमा फैलिएको छ।

हालसम्म दक्षिण एशियाली राष्ट्रहरुमा २८ हजार १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

आठ देशमध्ये कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको भारतमा मात्रै अहिलेसम्म १६ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ सय २१ जनाको मृत्यु भइसकेको छ।

भारतपछि पाकिस्तान सबैभन्दा बढी प्रभावित देखिएको छ। पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १ सय ५९ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ९ सय ९३ जनामा संक्रमण देखिएको छ।

बंगलादेशमा हालसम्म कोरोनाबाट ९१ जनाको मृत्यु भएको छ भने २४ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अफगानिस्तानमा अहिलेसम्म ९ सय ९३ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन् भने ३२ जनाको मृत्यु भएको छ।

श्रीलंकामा पनि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने २ सय ५४ जनामा संक्रमण देखिएको छ।

यसैगरी माल्दिभ्समा ३६, नेपालमा ३१ र भुटानमा ५ जना कोरोना संक्रमित भेटिएका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →