बागलुङ प्रवेश गरेका ५८ मजदुरको ¥यापिड टेष्ट गरियो

बागलुङ
विभिन्न स्थानबाट घर जानका लागि जिल्ला प्रवेश गरेका ५८ मजदुरको कोरोना भाइरस (कोभिड १९) दु्रत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) गरिएको छ । कोरोनाका कारण देशमा जारी लकडाउनकाले अलपत्र परेका बिभिन्न जिल्लामा सञ्चालित योजना आयोजनामा काम गर्दै आएका मजदुरहरु सोमबार ¥यापिड टेस्ट गरिएको हो । टेष्ट गरिएका सबैको आरडिटी रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । पोखरा लगायत जिल्लाकै ग्रामिण क्षेत्रबाट घर जान पैदल आएका मजदुरहरु रोल्पा, रुकुम, मुस्ताङ, काभ्रे लगायतका छन् । उनीहरुलाई अहिले सदरमुकाम स्थित आश्रय स्थल र बागलुङ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई बागलुङ नगरपालिका र उद्योग बाणिज्य संघले बस्ने खानेको व्यवस्था गरेको छ । उनिहरु मध्ये रोल्पाका ४० जना काभ्रेका ८ जना र बाँकी अन्य जिल्लाका रहको खनालले बताए । काभ्रेका ८ जना बागलुङ नगरपालिका–१३ मा नेपाल टेलिकमको टावर बनाउने मजदुरहरु हुन भने उनिहरु पोखरा बागलुङ राजमार्ग हुँदै घर जान हिँडेका पर्वत प्रहरीले फर्काईदिए पछि बागलुङ पुगेका हुन ।
लकडाउन अनिश्चित र रोजीरोटीको समस्या चरम बन्न थाले पछि पैदल हिडेका रोल्पा, रुकुमका मजदुरहरुलाई जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा गृह जिल्लाको सिमाना सम्म पु¥याउने तयारी भइरहेको छ । त्यसका लागि उनिहरुलाई घर पुगेपछि १४ दिन सम्म क्यारेन्टाईनमा बस्ने गरी नगरपालिकाबाट आवश्यक व्यवस्थापन गरिएको जनस्वास्थ्य अधिकृत खनालले बताए । उनिहरुलाई प्रहरी प्रशासनको सहयोगमा सिमा सम्म पु¥याईने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
तस्बिरः जिल्लामा आएका मजदुरहरुको कोरोना परीक्षण गर्ने क्रममा ।