काठमाडौँ ,वैशाख ८ गते । नेकपा केन्द्रीय सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।
सचिवालय बैठकमा सल्लाह नगरी नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि शितल निवास पुगेका हुन्।
सोमबार नै प्रधानमन्त्री ओलीको अग्रसरतामा मन्त्रिपरिषद्को बैठकले अनुमोदनका उक्त अध्यादेश राष्ट्रपति भण्डारीसमक्ष पठाएको थियो।
पार्टी विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्थालाई संसोधन गरी ती दुई मध्ये एकमा ४० प्रतिशत ल्याए पार्टी विभाजन गर्न मिल्ने बनाइएको हो।