नेकपा सचिवालयमा यस्तो बन्दैछ आजको समीकरण

काठमाडौँ, वैशाख १७ गते । पछिल्ला दिनमा उत्कर्षमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विवाद उस्तै छ। समूह-समूहमा पटक-पटक छलफल गर्दा पनि नेताहरुबीचमा कुरा मिलेको छैन।

विवाद थाती राखेरै बुधबारका सचिवालय बैठक बोलाइएको छ, तर सचिवालयमा स्थायी समिति बैठक बोलाउने विषयमा प्रधानमन्त्री केपी ओली पक्ष र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल पक्षबीच मत टकराउने सम्भावना प्रबल देखिन्छ।

बैशाख ८ यता नेकपाको पार्टी बैठक बस्न सकेको थिएन। २० जना स्थायी समिति सदस्यले अध्यादेश प्रकरण छलफलका लागि स्थायी समिति र आवश्यक परे केन्द्रीय समिति बैठक समेत बोलाउन १० बैशाखमै माग गरेका थिए। पार्टी बैठकमा आफ्नो चर्काे आफ्नो आलोचना हुने छनक पाएका प्रधानमन्त्री ओलीले बैठक छल्न अनके प्रयास गर्दै आइरहेका थिए। उनको त्यो प्रयास धेरै दिन टिकेन जसका कारण बुधबार साँझ ५ बजेका लागि बालुवाटारमा सचिवालय बैठक डाकिएको छ।

सचिवालय बैठक तय भएपछि प्रधानमन्त्री ओली र उनी इतर पक्षका नेताहरुबीच आन्तरिक तयारी तीब्र पारिएको छ। सचिवालय बैठकमा तत्कादै स्थायी समिति बैठक बोलाउने वा नबोलाउने भन्ने विषयमा नेताहरुबीच सचिवालयमा चर्काचर्की पर्ने सम्भावना देखिन्छ। अहिले सचिवालयसम्म बस्ने तर स्थायी समिति बैठक नबोलाउने भन्नेमा ओलीको दरो अडान छ तर दाहाल र नेपालपक्ष स्थायी समिति वैठक नबोलाई नछोडने पक्षमा छन्।

जस्ले गर्दा यो विषयले विवाद निम्ताउने र नेताहरु पक्ष÷विपक्षमा लागेर आरोप-प्रत्यारोपमा उत्रदा झगडा नै पर्न सक्ने ठान्छन्, सचिवालयका एक सदस्य। दुवै पक्ष भिडेरै अगाडी बढ्ने तयारीमा रहेका कारण पार्टीभित्र विवाद थप पेचिलो बन्ने देखिएको छ। विवाद बढ्दै जाँदा पनि समस्या समाधानतिर भन्दा नेताहरु आन्तरिक जोडघटाउतिर लागेको देखिन्छ। सम्भावित टुटफुटकै आँकलनका साथ नेताहरुले संसद र पार्टीको अंकगणित लेखाजोखा गर्न थालेका छन्।

दुवै पक्ष जोडघटाउमा

दुवै पक्षका नेताले काठमाडौं बाहिर रहेका आफूनिकट केन्द्रीय सदस्य, संघीय सांसदहरुलाई काठमाडौं बोलाएका छन्। यहाँ भएकालाई पनि काठमाडौं बाहिर नजान निर्देशन दिइएको देखन्छि। प्रधानमन्त्री ओलीले आफू निकटका मुख्यमन्त्रीलाईसमेत अहिले काठमाडौं केन्द्रीत गरेका छन्। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल विवाद समाधानका लागि गत शुक्रबार देखि नै काठमाडौं आई सक्रीय छन्। गण्डकी, प्रदेश १ र बाग्मतीका मुख्यमन्त्री पनि कोही काठमाडौं आइसकेका छन्, कोही बुधबार साँझसम्म आइपुग्ने तयारीमा छन्।

दुवै पक्षले प्रदेश अनुसारका सांसद तथा पार्टी नेतालाई एक-एक जना कमाण्डर तोकेर सम्र्पकमा रहन निर्देशन दिएका छन्। सोही अनुसार मंगलबार दिनभर दुवै पक्षका नेताहरुले आफूनिकट नेता र सांसदहरुको रोष्टर समेत तयार पारिरहेका थिए। औपचाकिर रुपमा यस विषयमा कुनै पक्षले मुख नखोले पनि उनीहरुको तयारी सांसदहरुको जोडघटाउमा देखिन्छ। प्रतिनिधिसभामा रहेका १७४ सांसद मध्ये ओली पक्षले आफूसँग पहिले नै ७८ जना सांसद रहेको र त्यसमा केही थपिएर दाहाल नेपाल पक्ष एक हुँदा पनि वहुमतमा रहेको जिकिर गरिरहेको छ। तर दाहाल नेपाल पक्षले आफुहरुसँग एक सय वढी सांसद रहने भएकान कारण ओली संसदीय दलमा वहुमतमा नरहने हिसाब गरेको छ। एकाध नेताहरु भने विगतको समूहबाट अर्काे समूहतर्फ ध्रुबीकृत हुने सम्भावना देखिएको छ।

मंगलबार वालुवाटार पुगेका ओली निकट सांसदलाई उप-प्रधानमन्त्री ईश्वर पोखरेलले विफ्रिङ गरी निर्देशन गरेका थिए। दाहाल र नेपालले पनि आफूलाई भेटन पुगेका नेताहरुलाई सोही अनुसारको निर्देशन गरेको स्रोतले जानकारी दिएको छ।

सचिवालयमा यस्तो हुनसक्छ समीकरण

बुधबारको सचिवालय बैठकमा दाहाल-नेपाल समूह वहुमतमा देखिने छ। तर नेकपाको विधानमा निर्णय लिदा सहमतिका आधारमा लिने उल्लेख भए अनुसार अल्पमतमा परेपनि ओली पक्षले विधानको व्यवस्था अनुसार निर्णय सहमतिमा लिनुपर्ने गरी कुरा राख्ने ओली निकट नेताहरु बताउँछन्।

तर पार्टी विधान अनुसार सहमतिलाई यसअघि ओली पक्षले नै तोडेकोले यो आवाज नैतिक रुपमा पनि उठाउन नसक्ने दाहाल-नेपाल पक्षको जिकिर छ। विगतमा माधव नेपालले नोट अफ डिसेन्ट लेख्दा पनि वहुमतका आधारमा निर्णय लिएको नजिर रहेकोले ओली पक्षले सहमतिमै मात्र जोड गरिरहन नसक्ने दाहाल-नेपाल पक्षका नेताको भनाइ छ।

९ सदस्यीय नेकपाको सचिवालयमा दाहाल नेपाल समूहमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपालका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुल्ने देखिन्छन्। अध्यादेश ठीकै भएपनि समय अनुकुल नरहेको र पार्टी बैठक छल्ने काम अनुचित भएको तर्क राखेका उपाध्यक्ष वामदेव गौतम दाहाल नेपाल समूहमा खुल्ने देखिएका छन्।

यस अगाडी उनकै निवासमा ६ सचिवालय सदस्यको छलफलपछि अध्यादेश फिर्ताको विकल्प नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई दवाव बढाएका थिए। मंगलबार मात्र पनि सचिवालय वैकठ तय भएपछि गौतम निवासमै पुगेर दाहालले उनीसँग गरेको छलफलका आधारमा पनि उनी दाहाल नेपाल समूहमै खुल्ने सम्भावना रहेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठ र झलनाथ खनाल यस अगाडी अध्यादेशको चर्काे विपक्षमा खुलेका थिए। सोही कारण उनीहरु पनि दाहाल-नेपाल समूहमा खुल्ने देखिन्छन्।

ओली समूहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल मात्रै खुल्ने देखिन्छन्। दाहाल नेपाल समूहले ल्याउन सक्ने प्रस्तावको कसरी प्रतिवाद गर्ने भन्नेमा ओली पक्षका नेताले बालुवाटारमा रामै छलफल गरिरहेका छन्। महासचिव पौडेल र गृहमन्त्री समेत रहेका थापालाई आफनो समूहमा खुलाउन यो समूहको जोडबल छ।

पछिल्लो समय महासचिव पौडेल दुवै पक्षलाई मिलाएर पार्टी एकतालाई दिगो बनाउने गरी जानुपर्नेमा मध्यस्थताको भूमिका खेल्न थालेका छन्। वामदेव निवासको भेलामा पुगेर उनले खेलेको भूमिका र ओली दाहाल र नेपालसँगको उनको यसबीचमा भएको बाक्लो भेटघाटले उनी विवाद मिलाउन प्रयासरत देखिने सम्भावना रहेको नकेपा नेताहरु बताछन्।

गहृमन्त्री थापालाई भने यो बीचमा अध्यक्ष दाहालले थापा निकटका नेताहरु पम्फा भुषाल, देव गुरुङसहित एक चरणमा र अर्काे चरणमा पनि भुषाल, गुरुङ, हितमान शाक्य, श्रीराम ढकाल र सूर्य सुवेदी सहितको छलफल गरेको र मिलेर जाने गरी समझदारी जुटाएको दाहाल निकट स्रोतको भनाइ छ। बादलले बुधबारको बैठकमा सकभर आफनो समूहको पक्षमै धारणा राख्ने, नसके बीचमा बस्ने तर ओलीको समूहमा नखुल्ने विश्वास लिएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →