काभ्रेबाट उपत्यका छिर्न कडाइ

काठमाडौँ, जेठ ३ गते । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि राजधानी छिर्ने पूर्वी नाका काभ्रेको विपी राजमार्ग र अरनिको राजमार्गमा कडाई गरेको छ। गृह मन्त्रालयको निर्देशन

अनुसार एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश निषेध गरिएसँगै जिल्ला प्रवेशको नाका साँगामा कडाई गरिएको छ।

सवारी पास खारेज भएसँगै जिल्ला ट्राफिक कार्यालय काभ्रेले अत्यावश्यक काम बिना चलाएका सवारीहरु नियन्त्रणमा लिएर कार्बाही गर्न सुरु गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार र शुक्रबार जिल्लामा अत्यावश्यक बाहेकका २ सय ३९ वटा मोटरसाइकल र ४ वटा कारलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो।

तराईको जिल्ला हुँदै चल्ने बिपि राजमार्गमा राति र दिउँसोको समयमा समेत अत्यावश्यक सेवा तथा पासका नाममा केहि दिनदेखि कोरोना संक्रमण भएका जिल्लाहरुबाट नागरिकहरु राजधानी भित्रन थालेपछि सिमा नाकामा रोशी गाउँपालिकाको मंगलटारमा चेकपोष्ट राखेर कडाई गर्न थालेको छ।बिपि राजमार्गको मंगलटारमा चेक पोष्ट राखेर जिल्ला भित्रिने सवरीको निगरानी सँगै कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले जानकारी दिए।

‘काभ्रे हुँदै उपत्यका छिर्ने मुख्य नाका दोललघाट र मंगलटारमा १ गतेदेखि सबैखाले पास खारेज भएसँगै मुख्य राजमार्गहरुमा ट्राफिकको सक्रियतामा पूर्ण बन्द गरिएको र अति आवश्यक एम्बुलेन्सहरु, पानी, खाद्यान्न संचालन गरी अरु सवारीलाई होल्डमा राखेर कार्बाही सुरु गरेका छौँ।’ प्रहरी निरीक्षक तामाङले भने, ‘बिपि राजमार्ग र अरनिको राजमार्गमा हुँदै उपत्यका छिर्ने सवारीको चाप धेरै रहेको कारण सवारीहरुको अवस्था हेरेर फर्काउने काम गरेको र चेकजाँच गरी उच्च सर्तकता अपनाएर सवारी पठाउने काम भइरहेको छ।’

अरनिको राजमार्गको नाका साँगादेखि विपी राजमार्गको नाका नेपालथोकसम्मको राजमार्गहरुमा लकडाउन पूर्ण कार्यन्वयन भए/नभएको अवस्था बुझ्नको लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनासहितको टोलीले बिहीबार जिल्लाको मुख्य दुई राजमार्गहरुको अनुगमन गरिएको थियो।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →