बारामा प्रहरीलाई पनि कोरोना संक्रमण

वीरगञ्ज , जेठ ३ गते । बारामा एकजना प्रहरीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जना प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ

देखिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरीलाई कोरोनाको संक्रमण पोजेटिभ भएको जानकारी नारायणी अस्पताल वीरगञ्ज बाट आफूले पाएको मिश्रले बताए ।

संक्रमित प्रहरी रौतहट जिल्ला घर भइ जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटमा कार्यरत रहेका थिए । सहकर्मीलाई कोरोना पोजेटिभ देखिए पछि जिल्ला प्रहरी कार्यालयमा थप सावधानी अपनाइएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →