त्रिदेशीय सीमा बिन्दुमा एकपक्षीय काम नहोस्:चीन

काठमाडौँ, जेठ ७ गते । चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । चीनले यस्तो अवस्थामा उक्त बिन्दुमा कुनै पनि मुलुकले एकल निर्णयका आधारमा कुनै

प्रकारको गतिविधि अघि बढाउन नसक्ने बताएको छ ।उसले दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले बेइजिङस्थित कार्यवाहक नेपाली राजदूत सुशील लम्साललाई सोमबार मन्त्रालयमा बोलाएर लिपुलेकसहितका भूभागबारे चीनको लिखित धारणा प्रस्तुत गरेको थियो ।

भारतीय सेना प्रमुख नरवणेले लिपुलेक मामलामा नेपालले ‘कसैको इसारामा’ विरोध गरिरहेको धारणा राखेपछि यो भूभागका बारे बेइजिङमा समेत जिज्ञासा उब्जिएको हो ।भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →