कोभिड १९ संक्रमितको संख्या ५० लाख नाघ्यो

काठमाडौँ, जेठ ७ गते । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख २५ हजार २१४ भन्दा बढीको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या पनि ५० लाख २ हजार ४३९ भन्दा बढी पुगेको छ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तव्रि गतिमा बढ्दै गएको छ। यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ९३ हजार ५३३ भन्दा बढी पुगेको छ। यस्तै त्यहाँ कुल संक्रमितको संख्या पनि १५ लाख ७० हजार ५८३ भन्दा बढी पुगेको छ।

रुसमा हालसम्म कोभिड–१९ बाट ३ लाख ८ हजार ७०५ भन्दा बढी संक्रमित भएका छन्। यस्तै त्यहाँ मृत्यु हुनेको संख्या २९ सय ७२ भन्दा बढी रहेको छ।

इटालिमा कोभिड–१९ बाट २ लाख २६ हजार ६९९ भन्दा बढी संक्रमित भएका छन् भने ३२ हजार १६९ भन्दा बढीको मृत्यु भएको छ।

बेलायतमा कोभिड–१९ बाट २ लाख ४८ हजार ८१८ भन्दा बढी संक्रमित भएका छन् भने ३५ हजार ३४१ भन्दा बढीको मृत्यु भएको छ।

यता छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या १ लाख नाघेको छ।

यो समाचार तयार पार्दासम्म हालसम्म भारतमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १ लाख ६ हजार ८८६ पुगेको छ। यस्तै मृत्यु हुने पनि ३३ सय ३ पुगेका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →