कालोबजारीसहितका कार्यमा संलग्न भएको अभियोगमा कारवाहीमा परे औषधि पसल

काठमाडाैँ, जेठ १२ गते । महाबौद्धका तीन औषधि पसललाई अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै कारवाही गरिएको वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको जनाएको छ ।

विभागको टोलीले बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको आइतबार दुई लाख रुपैयाँका दरले तीनै औषधि पसललाई जरिवाना तिराएको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकले सोही ऐनको दफा ३८ ‘ङ’ को कसुरमा दफा ३९ (१) ‘ख’ बमोजिम जरिवाना गरिएको विभागलले जानकारी दिएको छ ।

यस्तै वीर अस्पतालस्थित प्रोगेस फार्मेसीलाई एन–९५ मास्क बढी मूल्यमा बिक्री गरेकोमा दुई लाख रुपैयाँ जरिवाना तिराएको विभागको अनुगमन टोलीले जनाएको छ।

यस्ता कोरोबजारी क्रियाकलाप गर्ने विरुद्ध उजुरी गरेमा विभागले तुरुन्त कारबाही गर्ने जनाएको छ । उजुरी फोन, फेसबुक पेज, ट्वीटर, इमो, भाइबर र आफ्नो वेबसाइटमा दर्ता गर्ने गरेको विभागले जनाएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →