काँग्रेसका भातृ, सुवेक्षुक संस्था भन्छन, रुकुमको घट्नाको सत्य तथ्य छानविन होस

बागलुङ
नेपाली काँग्रेस बागलुङका भातृ एवं सुवेक्षुक संस्थाले केही दिन पहिले पश्चिम रुकुमको चौरजहारीमा घटेको घटनाको सत्य तथ्य छानविन गर्न सरकार समक्ष माग गरेका छन । जिल्लामा क्रियाशिल विभिन्न भातृ एवं सुवेक्षुक संस्थाका प्रमुख एवं प्रतिनिधिको अनलाईन बैठकबाट उक्त घट्नाको घोर भर्सना गर्दै अमानविय क्रियाकलापमा संलग्न सबैलाई छिटो भन्दा छिटो कानुनको दायरामा ल्याई पिडितलाई न्याय दिलाउन आग्रह गरिएको छ ।
नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माको संयोजन भुपु सैनिक संघका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीको अध्यक्षतामा भएको बैठकमा काँग्रेसका भातृ एवं सुवेक्षुक संस्थाहरु नेविसंघ नेपाल तरुणदल, नेपाल शिक्षक संघ दलित संघ, प्रध्यापक संघ डिएलए, प्रेस युनियन, टे«ड युनियन काँग्रेस, कर्मचारी युनियन संघ लगायतका संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।
बैठकमा कोरोना भाईरसको जोखिम न्युनिकरणका लागि सवै संस्थाले आ–आफ्नो क्षेत्रबाट पहल थाल्ने र सम्बन्धित निकायलाई सहयोग गर्ने निर्णय गरिएको छ । साथै कोरोना विरुद्धको अभियानमा अग्रपङ्तीमा खटेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मि डाक्टर, जनप्रतिनिधि, पत्रकार, नागरिक समाजका अगुवा लगायतलाई धन्यबाद प्रकट गरिएको छ ।
बैठकले भारतीय सिमामा अलपत्र परेका नेपाली दाजुभाईलाई तत्काल उद्धारका लागि जिल्लाका सवै स्थानिय तहलाई पहल थाल्न आग्रह गरिएको र उनिहरुलाई जिल्लामा ल्याएपछि क्वारेन्टाईनलाई व्यवस्थित बनाएर सहज बातावरणमा बस्ने व्यवस्था मिलाउन स्थानिय तहलाई आग्रह गरिएको महिला संघका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिईन । बैठकले बुधबार मात्र कोरोनाको संक्रमण पुष्टी भएर धौलागिरी अञ्चल अस्पतालमा उपचारत ६ जनाको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साथैै सांसद विकास कोष खारेज गरेर कोरोना विरुद्धको लडाईमा लगाउनका लागि सरकारलाई सुझाव दिएको छ । त्यसैगरी लकडाउनकै कारण दैनिक ज्यालामजदुरी गरेर छाकटार्नेका लागि कठिन भएका मजदुरहरुका लागि राहतको प्याकेज ल्याउन सम्बन्धित निकाय सँग आग्रह गरिएको अध्यक्ष शर्माले बताईन । बैठकले भारतले गरेको सिमा अतिक्रमणलाई पनि सरकारले कुटनितिक पहल मार्फत आफ्नो भुभाग फिर्ताका लागि चाडै भन्दा चाडै पहल थाल्नुपर्ने माग राखेको छ ।
बैठकमा तरुणदलका अध्यक्ष उमाकान्त शर्मा बाबु, नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष ईश्वर ठाकुर पौडेल, शिक्षक संघका अध्यक्ष उमाकान्त पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष देव शर्मा लगायतले आफ्नो धारणा राखेका थिए । बैठकको सहजीकरण नेपाल शिक्षक संघका जिल्ला सदस्य भिम सापकोटाले गरेका थिए ।