बागलुङमा थपिय १० जना कोरोना विरामी

बागलुङ, –
जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै संक्रमण हुनेको संख्या १८ पुगेको छ भने निको हुनेको संख्या दुई भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विहिबार विहान मात्रै जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टी भएको हो । एकैदिन ठुलो संख्यामा संक्रमित थपिए सँगै बागलुङ गण्डकी प्रदेशमै सबै भन्दा धेरै संक्रमित हुने जिल्ला बनेको छ ।
केहि समय पहिले भारतबाट आएर स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसिरहेका छन् । तिनिहरु मध्ये जिल्लाको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २२ र २९ का २ जना पुरुष र ३३ वर्षिय एक महिलामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी बडीगाड गाउँपालिका ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका १६, २०, २१ र २५ वर्ष उमेर समुहका ४ जना पुरुष र बागलुङकै गल्कोट नगरपालिका क्वारेन्टाइनमा बसेका २०, २२ र २३ का ३ पुरुष गरि जम्मा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोबिन्दु शर्माले जानकारी दिए ।

No photo description available.
यो संगै बागलुङमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ । जसमध्ये ६ जनाको धौलागिरी अस्पताल बागलुङको आइशोलेसन कक्षमा उपचार भइरहेको छ भने अन्य दुई जना निको भएर घर फर्किएका छन् । संक्रमण पुष्टि भएकालाई अस्पतालको आइशोलेसन कक्षमा ल्याउने तयारी गरिएको छ । अस्पतालमा मात्रै प्रयाप्त मात्रामा उपचारका लागि आईसोलुसेन नभएको हुँदा नजिकै रहेको धौलागिरी बहुमुखी क्याम्पसमा व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । विहीबार विहानमात्र गण्डकी प्रदेशका ४ जिल्लामा १५ पुरुष र १ महिला गरी १६ जनामा संक्रमण पुष्टी भएको जनाएको छ । जिल्लामा झण्डै १४ सय जना क्यारेन्टिनमा रहेका छन । उनिहरु मध्ये अधिकाशं भारतबाट आएका स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
गुरौका अनुसार सबै भन्दा धेरै ३ सय ३० जना बडिगाड गाउँपालिकामा छन् भने सबै भन्दा कम तमानखोलामा १९ जना छन् । ढोरपाटन नगरपालिकामा ३ सय ३, निसीखोलामा २ सय ९८, गलकोट नगरपालिकामा १ सय ३२ जना, काठेखोला गाउँपालिकामा ८५ जना, बागलुङ नगरपालिकामा ६६ जना, जैमिनी नगरपालिकामा ५० जना, ताराखोला गाउँपालिकामा ५७ जना र बरेङ गाउँपालिकामा ५९ जना छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको गुरौले जानकारी दिए । यस मध्ये २ सय ३१ जनको मात्र स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पोखरा पठाइएको थियो । अन्य ११ सय बढीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न नै बाँकी रहेको कार्यालयले जनाएको छ । यही हिसाबले हो भने जिल्लामा कोरोना संक्रमणको दर बढने अनुमान गरिएको छ ।