बागलुङ,-
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९¬) ले बन्दाबन्दी भएको अवस्थामा उद्योग व्यवसाय धरासयी बन्दै गएको प्रति बागलुङका व्यवसायी चिन्ती भएका छन । उनिहरुले सदरमुकाम बागलुङ बजारको ब्यबसाय सहज रूपमा संचालन गर्ने वातावरण बनाइदिन जिल्ला प्रशासन समक्ष आग्रह गरेका छन । विहिबार बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा प्रशासन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुं सँगको भेटघाटमा व्यापार व्यवसाय संचालनका निम्ती परामर्श गरेका छन । व्यवसायीहरुले कोरोना भाइरसका कारणले दुई महिना भन्दा बढी समय बन्द रहेको जिल्लाको उद्योग व्यापारलाई कसरी संचालन गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारी सँग परामर्श गरेका थिए । व्यवसायीले आउँदा दिनमा बजारमा पसलहरु संचालन गर्नका निम्ती सहज वातावरण सिर्जना गरिदिनका निम्ती प्रशासन समक्ष आग्रह गरेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । दुई महिनादेखी लकडाउनको समय थपिदै गएको छ राजभण्डारीले भने, ‘यस्तो अवस्थामा व्यवसायीको अवस्था धरापमा छ । हामी बजार सबै खुला गरौ भनेका छैनौ सामाजिक दुरी कायमा गरेर कुनै निश्चित समय तोकेर व्यापार व्यवसाय संचालन गर्ने बातावरण मिलाउनका निम्ती प्रशासनलाई आग्रह गरेका छौं । अधिकांश ब्यापारीहरू महंगो घर भाडा तिरेर व्यवसाय संचालन गर्नुका साथै बैंक, तथा वित्तीय संस्था बाट महंगो ब्याज तिरेर आफ्नो व्यवसाय संचालन गर्दै आएको हुँदा यसको सहजताका लागि पनि सजकता अपनाएर अबका दिनमा बजार खुल्ला गर्न आवश्यक रहेको राजभण्डारीले बताए ।
बजारका व्यवसायीले सहज बाताबरण सिर्जना गरी आफ्नो व्यवसाय संचालन गर्नुपर्ने उद्योग बाणिज्य संघ सँग माग गर्दै आएपछि संघले प्रशासन सँग परामर्श गरेको बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुले बताए । शर्माका अनुसार प्रमुख जिल्ला अधिकारी सँग व्यवसायीका सम्पुर्ण कुरा राखिएको छ । प्रमुख जिल्ला अधिकारीले सैजुले भने व्यवसाय सँग छलफल भएको र एक दुई दिनमा गृह मन्त्रालयबाट केही नयाँ सर्कुलर आएपछि मात्र थप कदम चाल्ने बताए । बागलुङ बजारमा सरकारले बन्दाबन्दी गरेपनि खाध्यान्न तरकारी फलफूल औषधी किराना भेटेनरी, औषधी पसल, हार्डवेयर लगायतका व्यवसाय नियमित रुपमा सामाजिक दुरी कायम गरी संचालन गर्दै आएका छन ।
फेन्सी होटल तथा रेष्टुरेण्टहरु भने पुर्ण रुपमा बन्द रहका छन । साना व्यवसायीहरुले सामाजिक दुरी कायम गरी व्यापार संचालन गर्न पाउनुपर्न माग गरेका छन । बागलुङ बजारमा बैंक तथा वित्तिय संस्था संचालनमा आएपछि लकडाउनको कुनै प्रभावकारीता देखिएको छैन । बैंक तथा वित्तिय संस्थामा मानिसहरुको भिडभाड बढिरहेको छ भने बजार क्षेत्रमा पनि यातायातका साधन संचालन भएका छन ।
जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीलाई सँग परामर्शका निम्ती बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्मा प्रथम उपाध्यक्ष राजन कुमार शाक्य लगायतका पुगेको थियो ।
तश्विर, बागलुङ बजारको मुख्य चोक लोकतान्त्रिक चोक ।