डोल्पा , जेठ २४ गते । डोल्पामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुष रहेका छन् ।
नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको केही दिनपछि होम आइसोलेसनमा राखिएको थियो । उनको होम आइसोलेसनमै जेठ २० गते मृत्यु भएको थियो ।
मृतकको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा कोरोना परीक्षणका लागि पठाइएको थियो । जसमा शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । ती व्यक्तिमा कोरोना देखिएसँगै पुरै गाँउ सिल गरिएको छ ।