बागलुङ, –
धौलागिरी क्षेत्रका तिन जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ । हिमाल पारीको जिल्ला मुस्ताङ बाहेक पर्वत, म्याग्दी र बागलुङमा गरी कुल ४० जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । गत हप्तादेखी संक्रमितको सख्या बढदै गएको यस क्षेत्रमा आईतबार मात्रै बागलुङमा थप १० जनालाई कोरोना संक्रमणको पुष्टी भएपछि यस क्षेत्रमा संक्रमित हुनेको संख्या ४० पुगेको हो । बिहीबार बागलुङमा १०, पर्वतमा चार र म्याग्दीमा एक सक्रमित थपिएका थिए । त्यसअघि बागलुङका आठ, पर्वतका पाँच र म्याग्दीका एक जनामा कोरोना देखिएको थियो भने शनिबार बागलुङको ताराखोलामा थप १ जनामा संक्रमण देखिएको थियो । यो सँगै बागलुङमा मात्रै सबै भन्दा बढि संक्रमित हुनेको संख्या २९ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म बागलुङका २९, पर्वतका नौ र म्याग्दीका दुईमा संक्रमित पुष्टि भएको छ । बागलुङमा सबै भन्दा बढि बडिगाड गाउँपालिकामा १५ जना पुगेका छन ।
आईतबार देखिएका नयाँ संक्रमित मध्ये पनि नौं जना बडिगाड गाउँपालिका र एक जना ढोरपाटन नगरपालिकाको रहेका छन । उनिहरु मध्ये २२ वर्ष देखी ५२ बर्ष सम्मका सबै पुरुषहरु रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
तीनै जिल्लामा अहिलेसम्म पत्ता लागेका सक्रमित मध्ये अधिकाश भारतबाटै आएका हुन । तिन वटै जिल्लाका संक्रमितहरुलाई सदरमुकाममा रहेको अस्पतालमा आईसोलेसन कक्षमा उपचार गरिएको छ । भने आईतबार मात्र पुष्टी भएका बागलुङका संक्रमितलाई सदरमुकाम स्थित धौलागिरी अञ्चल अस्पतालमा ल्याईदै छ । उनिहरुलाई अस्पतालमा २४ शैया भन्दा बढिको आईसोलेन कक्ष नभएको हुँदा थप व्यवस्थापन गरी निम्ती धौलागिरी बहुमुखी क्याम्पसमा प्रि आईसोलेन कक्ष निर्माण गरी राखिने तयारी भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
पछिल्लो समय भारतबाट आई क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना परीक्षण बढाइएसँगै संक्रमितको संख्या बढेको हो । बागलुङमा शुरुमा भेटिएका दुई महिलाबाहेक बाँकी २७ जना भारत बाटै आएका नागरिक हुन । यस क्षेत्रमा पहिलोपटक गत चैत १५ मा बागलुङकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । त्यसको एक सातापछि बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको थियो । दुवै जना चैत ४ मा बेल्जियमबाट आउँदा संक्रमित भएका थिए । उनीहरु कोरोना मुक्त भएर गत बैशाखमै घर फर्किसकेका छन ।
बागलुङमा हालै मात्र भारतबाट आएका एक हजार ६ सय ४३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले बताए । उनीहरु मध्ये झण्डै चार सय जनाको कोरोना जाँच गरिएको छ । कार्यालयका अनुसार भारत बाट आएका सबैको कोरोना परिक्षण पश्चात मात्र उनिहरुलाई घर पठाईने छ । पर्वत, म्याग्दीमा समेत हालै भारतबाट आएकाहरु सयौँको संख्या छन् । भारतबाट आएका मध्ये कमको मात्र कारोना परीक्षण गरिएको छ । उनिहरुको परिक्षणको दायारा बढाउनुपर्नेमा सारोकारवालाले जोड दिएका छन । संक्रमितको संख्या बढेसँगै आईसोलेन कक्ष थप्नका लागि स्थानिय तह जुटेका छन । बागलुङ सदरमुकाम स्थित धवलागिरि अस्पतालका आइसोलेसन कक्षमा संक्रमितले भरिए सँगै थप व्यवस्थापनका निम्ती जिल्लामा रहेको कमाण्ड पोष्ट अगाडी बढेको छ । थप व्यवस्थापनका लागि अञ्चल अस्पतालको नजिक रहेको धौलागिरी बहुमुखी क्याम्पसमा व्यवस्थापन गर्न लागिएको स्वास्थ्य कार्यालयका प्रमुख गुरौले बताए । धवलागिरि अस्पतालमा आइसोलेसन शैया बढाएर २४ पु¥यायौं गुरौले भने, जिल्लामा संक्रमितको संख्या झनै बढदै गएको छ । सवै सरोकारवालाको बैठकले बाहिर ८५ श्ययाको प्रि–आइसोलेसनकक्ष बनाउने निर्णय गरेका छांै । हामी सोही अनुसार गर्ने छौं ।
उनका अनुसार धवलागिरि बहुमुखी क्याम्पसमा ५०, गलकोट, कुश्मीसेरा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२–१२ श्ययाको प्रिआइसोलेन कक्ष बनाइनेछ । आईसोलेसन कक्ष निर्माणका निम्ती स्थानिय तह सहयोग गर्न तयार रहेका छन ।