छविलाल पाण्डे , बुर्तिबाङ –
निसीखोला गाउँपालिकामा मंगलबार बिहान संक्रमण पुष्टि भएको ३ जना कोरोना संक्रमितलाई दिउँसो २ बजेमात्रै बुर्तिबाङ प्राथमिक स्वास्थ्य सँस्थाको आइसोलेशनमा ल्याइएको छ ।
दिउँसो सम्म संक्रमितलाई ल्याउन कुनै पनी सवारीचालकले नमानेपछि निसीखोला वडा नं.३ का अध्यक्ष जुनविक्रम शाहिले आफै पिकअप चलाएर तिनजना संक्रमितलाई अस्पत्ताल पु¥याएका हुन ।
गाउँपालिकाले सम्झौता गरेका पिकअप चालकले संक्रमित व्याक्तिलाई ल्याउन नमानेपछि वडा अध्यक्ष स्वयंले गाडी चलाएर संक्रमितलाई लिएर आइसोलेशनमा पु¥याएका हुन । यस क्षेत्रमा एम्बुलेन्स पनि छैन, यहाँका कुनै पनि सवारी चालकले संक्रमितलाई बोक्न मानेनन अध्यक्ष शाहीले भने, ‘कसैले विरामी बोक्न नमानेपछि आफै चलाएर आईसोलेशनमा पु¥याए । स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामाग्री प्रयोग गरेर लैजान पनि कसैले मानेन । विहान संक्रमण पुष्टी भए पनि दुई बजे मात्र आईसोलेशनमा पु¥याएको शाहीले बताए ।
गाउँपालिकाले भने निजी सवारी साधन सँग सम्झौता गरिएको र उनिहरुले सम्झौता अनुसार नमान्दा अपठ्यारो भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । यस्तै समस्या ढोरपाटन नगरपालिकामा समेत देखिएको छ । नगरपालिकामा समेत एम्बुलेन्स नहुँदा पिकअपमा सक्रमित व्याक्ति बोक्ने गराइए पनी चालक नहुँदा अर्का समस्या सृजना भएको हो । सोमबार विहान ढोरपाटन नगरपालिका ५ का सक्रमितलाई ल्याउने चालक नभएपछि इलाका प्रह्री कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारी आफै क्वारेन्टाईनमा पुगेर नगरपालिकाको पिकअपमा विरामी लिएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा पु¥याएका थिए ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको आफनै एम्बुलेन्स छैन । एम्बुलेन्स नहुँदा प्राइभेट सवारी साधन कोरोना सक्रमित व्याक्ति बोक्ने मान्दैनन । यसका लागि स्थानिय तहले यस क्षेत्रमा एम्बुलेन्सको व्यवस्थापन गर्न जरुर रहेको छ ।