काँग्रेस केन्द्रिय सदस्य पौडेलद्वारा आफ्ना बाबुको स्मृतिमा स्वास्थ्य सामाग्री सहयोग

बागलुङ,-
नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य किरणराज पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन । पौडेलले मंगलबार बानपा–११ रायडाँडा र १४ को नारायणस्थानमा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । स्व. शर्माको तेस्रो बार्षिक पुण्य तिथिको अवसर पारेर पौडेलले जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्दै आएका छन । देशमा कोरोनाको जोखिम दैनिक बढदै गएको हुँदा जोखिमको समयमा केही सहयोग पु¥याउन उद्देश्यले वडा–वडामा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको पौडेलले बताए । उनले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको सामाजिक सदभावलाई सम्झदै उहाँकै पुण्य तिथिको अवसरमा आफुले समाजकै निम्ती केही सहयोग गरेको बताए । यो समयमा हामी कोरोनाको जोखिमसँग जुधिरहेका छौं पौडेलले भने, ‘अग्रपङतीमा खटेर सेवा गर्ने स्वास्थ्यकर्मिको हौसलाका निम्ती हामी सानो सहयोग गरेका छौं । आउँदा दिनमा पनि हरेक क्षेत्रमा हाम्रो सहयोग रही रहने छ ।’ स्टार्टस् फाउण्डेशनको आर्थिक सहयोगमा प्रत्येक वडाका लागी २ सय ५० थान सर्जिकल मास्क, १० थान केएन ९० माक्स, दुई सय थान ग्लोब्स, दुई लिटर सानिटाईजर र १÷१ थान थर्मल गन (ज्वरो नाप्ने यन्त्र) वडा अध्यक्षलाई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री वडा कार्यालयले आवश्यकता अनुसार स्वास्थ्य संस्था र क्यारेन्टिन व्यवस्थापनका निम्ती प्रयोग गर्नेछ । स्वास्थ्य सामाग्री रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतम र नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीलाई हस्तान्तरण गरिएको थियो । रायडाँडाको हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले समाजसेवी स्व. शर्माको सम्झनामा छोरा किरण पौडेलद्धारा गरिएको सहयोग निकै प्रंसनिय रहेको बताए । उनले विपदको बेलाको सानो सहयोगले पनि काम गर्नेका लागि ठुलो राहत पुग्ने बताए । कार्यक्रम वडा सचिव कर्मप्रसाद गौतमले संचालन गरेका थिए । त्यसैगरी नारायणस्थानमा भएको हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष चक्रबहादुर खत्रीले स्वास्थ्य सामाग्री प्रयाप्त मात्रामा भए पछि स्वास्थ्यकर्मिलाई ढुक्क सँग काम गर्ने बातावरण बनेको बताए । उनले स्व. हेमराज पौडेलको सामाजिक भावनाले यो समाजले कहिलै नभुल्ने बताए ।


बरिष्ठ समाजसेवी एवं शिक्षा प्रेमीको रुपमा परिचित स्व. हेमराज शर्मा पौडेल जिल्लाकै सामाजिक अभियान्त थिए । स्व. शर्माको नाममा हेमराज प्रतिष्ठान समेत रहेको छ । प्रतिष्ठानले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रबृति प्रदान गर्दै आएको छ । पौडेलले सोमबार अमलाचौर र पैयँपाटामा पनि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका थिए ।