बागलुङ, –
जिल्लाको ताराखोला गाउँपालिकाबाट अवैध हतियार सहित ६ जनालाई प्रहरीले पक्राउ परेका गरेको छ । अवैध हातहतियार लुकाई राखेको भन्ने सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको टोलीले ताराखोला गाउँपालिका—१ दरौदीका ६ जना युवालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सुराकीको आधारमा घर खानतलासी गर्दा ५ थान भरुवा बन्दुक बरामद गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमबहादुर केसीले बताए ।
पक्राउ पर्नेहरुमा जिल्लाको ताराखोला—१ का ४९ बर्षिय चित्रराज कँडेल, ३६ बर्षिय थमबहादुर घर्ती, ४२ बर्षिय टंकबहादुर रोका, ३७ बर्षिय होमबहादुर रोका, २९ बर्षिय खिमानन्द कँडेल र ४९ बर्षिय बमबहादुर घर्ती रहेका छन बमबहादुर घर्तीले आफ्नो बन्दुक टंकबहादुर रोकालाई राख्न दिएकाले उनीहरु दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्य व्यक्तिको घरबाट एक÷एक थान भरुवा बन्दुक फेला परेका थिए । अवैध हतियार सहित पक्राउ परेका उनीहरु विरुद्ध जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरी हातहतियार तथा खरखजना मुद्दामा थप अनुसन्धान सुरु गरिएका जिल्ला प्रहरी कार्यालय जनाएको छ ।