आफैंले चलाएको गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु

परासी, जेठ ३२ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए । अगाडीबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भई उनी च्याप्पिएका थिए।

उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →