बागलुङको ताराखोलामा थप एक जनामा कोरोना संक्रमण

बागलुङ-  जिल्लाको ताराखोला गाउँपालिकाका थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

ताराखोलाका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदबिन्दु शर्माले जनाएका छन् ।  उनी भारतबाट फर्केको बताईएको छ । संक्रमण पुष्टी भएपछि ती व्यक्तिलाई धौलागिरि बहुमुखी क्याम्पस बागलुङको आईसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको ताराखाेला गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय जारी गरेका विज्ञप्तमिा बागलुङका एक जनासंगै गण्डकी प्रदेशमा १८ जनामा नयाँ संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् । नयाँ थप एक जनासंगै बागलुङमा संक्रमितको संख्या ४१ पुगेको छ ।

गण्डकी प्रदेशमा कुल २२३ जना संक्रमित भएका छन् । मंगलबार गोरखामा १० जना, स्याङ्जामा ४ जना, नवलपुरमा २ जना र कास्कीमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।