बागलुङ-
जिल्लाको गलकोट नगरपालिकाले नगरभित्र रहेका क्वारेन्टिनमा बसेका स्थानिय नागरिकका लागि मनोपरामर्श सेवा प्रदान गरको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशिल संस्था वेलनश टिम र स्थानिय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुको सहयोगमा क्वारेन्टिमा रहेका नागरिकका लागि मनोपरामर्श सेवा प्रदान गरेको हो । क्वारेन्टिमा बसेका नागरिकका मनोसामाजिक समस्या र मानसिक तनाव हुन नदिन परामर्श कार्यक्रम संचालन गरिएको नगरपालिकाका उपप्रमुख रेणुका काउचा मगरले बताईन । क्वारेन्टिनमा रहँदा मनमा विभिन्न कुरा खेलिरहँदा मानसिकरूपमा तनाव पैदा हुनसक्ने र यसले दीर्घकालीनरूपमा समेत असर पु¥याउने अवस्थालाई ध्यान दिँदै मनोपरामर्श सेवा संचालन गरिएको हो ।
हामीले नगरभित्र रहेका सबै क्वारेन्टिनमा परामर्श दिन शुरु गरेका छौँ, यसले गर्दा क्वारेन्टिनमा बस्नु भएकाहरुमा थोरै भए पनि ऊर्जा थपिएको छ, काउचा भन्छिन् ‘हामी, हाम्रा नागरिकका स्वास्थ्य प्रति गम्भिर बनेका छौं ।, यो समयमा उनिहरुको मनोबल उचो पार्नका निम्ती सहज बातावरण सृजना गर्नु नगरपालिकाको दायित्व हो, क्यारेन्टिनमा बस्दा कुनै पनि समस्या पैदा नहोस र आत्मबल बलियो बनाउनका लागि सहयोग पुगो भन्ने उद्देश्यले सबै ठाउँमा मनोपरामर्श सेवा प्रदान गरेका छौं ।’
क्वारेन्टिनस्थलमा बसिरहँदा आफूलाई कोरोना नै भएको छ, लकडाउनका कारण रोजगारी गुमाएर बसिरहेको हुनाले परिवारमा आर्थिक बोझ आउँछ, लगायतका कुरा सोचेर तनाव लिएर बसेकालाई आत्मबल बढाउन मद्दत पु¥याउने हेतुले परामर्श दिइएको वेलनेश टिमकी अध्यक्ष एवं मनोविर्मशकर्ता नितु खड्काले बताईन । उनले तनाव व्यवस्थापन गर्न शारीरिक व्यायाम तथा ध्यान गर्न, स्वस्थ र सन्तुलित भोजन गर्न, धुमपान र मद्यपानबाट टाढै रहन, पर्याप्त मात्रामा सुत्ने, आफूलाई मनपर्ने र ऊर्जाशील क्रियाकलापमा समयको सदुपयोग गर्न साथीभाइ तथा आफ्नो नजिकको मान्छेहरूको निरन्तर सम्पर्कमा बस्न आग्रह समेत गरिने बताईन । उनले हालसम्म ६ वटा क्वारेन्टिनमा मनोपरामर्श संचालन गरिएको बताईन ।
गलकोटमा हालै मात्र भारत बाट २ सय १२ जना आएका थिए भने हाल १ सय ७५ जना क्वारेन्टिनमा छन । उनिहरु मध्ये ३५ जना घरफर्किसेकेका छन भने ३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनिहरुको धौलागिरी अञ्चल अस्पतालको आईसोलेशन कक्ष उपचार गरिएको छ । सोमबार मात्र कोरोना परिक्षणका निम्ती ७४ जनाको स्वाब संकलन गरिएको नगरपालिकाले जनाएको छ ।