दहीसँग झुक्किएर पनि नखानुहोस यी ४ चिजहरु…

दूधबाट बनेको परिकारलाई दही भनिन्छ l दही जाडोमा भन्दा गर्मीमा धेरै खाइन्छ । दही खानु धेरै व्यक्ति मन पराउँछन् भने कम मात्रामा दही खान मन नपराउनेहरू पनि पाइन्छ । गर्मीमा यसको सेवनले शरीरमा शीतलता प्रदान गर्ने भएकै कारणले पनि मानिसहरू यसलाई गर्मीमा धेरै खान मन पराउँछन् । दहीको माग गर्मी मौसममा निकै बढ्छ भने जाडोमा घट्छ l

हाम्रो स्वास्थ्यलाई दही सेवन गरेमा निकै फाइदा जनक साबित हुन्छ । बढी जसो मानिसहरूलाई दही सँग केही मिसाएर खाने आदत हुन्छ l तर, सबै खानेकुरा दही सँग मिसाएर खानु हाम्रो स्वास्थ्य लागी उचित हुँदैन l जस्तै केही चिजहरू दहीसँग एकसाथ खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् ।

दहीसँग खानै नहुने यी चिजहरु:

केरा र दही :
केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ l यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।

चीज र दही :
आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

मासको दालसँग दही :
मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।

आँप र दही :
गर्मी फलको राजा मानिने आँप हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ । यी दुई खानेकुरा एकै साथ सेवन गर्नाले शरीरमा टक्सिन निर्माण हुनसक्छ । किनकि दुई विपरीत हुन्, एउटा शीतकारक हुन्छ भने आँपले गर्मी हुन्छ l सो कारण यी दुई खानेकुरा सँगै सेवन नगरौँ l

– मेडिकल रिपोर्टहरुको सहयोगमा

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →