दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ । यसकाअनुसार केही खानासँग दुध खाँदा अपच हुने, तौल बढ्ने, छालाको एलर्जी हुने लगाएतका धेरै समस्याहरु देखा पर्न सक्छन ।
१. रहरको दाल
रहरको दाल र दुधदुवैले डाइजेस्ट हुन धेरै समय लिन्छन । यीदुवै खानेकुराहरु एकै चोटी खानाले अपचहुने र ग्याँसको समस्या देखापर्न सक्छ ।
२. नमकिनवानुनिलो खानेकुराहरु
दुधको साथमा चिप्स, नमकिन जस्ता खानेकुराहरु नखानुहोस । नुनको कारण धमाहुने प्रोटिनको पुरै फाइदाहाम्रो शरिरले लिन सक्दैन र छाला संग सम्बन्धित समस्याहरु देखा पर्न पनि सक्छन् ।
३. प्याज
खानामा प्याज छ भने खाना संग वा खानापछि दुध नखानुहोला । यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगाएतका समस्यानिम्तिन सक्छन् ।
४. खुर्सानी
खुर्सानी र मसलादार खानाखादैं हुनुहुनछ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला । यी खानेकुराहरु संगसंगै खाएमा पेट दुख्ने, एसिडिटि, ग्यास र बान्ताहुने जस्ता समस्याहरु आउन सक्छन् ।
५. माछा
माछा खानाले शरिरमा गर्मी बढाँउछ भने र दुधले सर्दी गराँउछ । यीदुवै खानेकुरा एकैचोटी खानाले ग्याँसको समस्याआउने र छालाको एलर्जी हुन सक्छ ।
६.दही
दुध र दही बाट बनेको चिज एकैसाथ खाँदा एसिडिटि, ग्याँस हुने, बान्तार अपचहुने जस्ता समस्याहरु देखापर्न सक्छन ।
७. कागती
कागती वा अमिलो चिजहरु खांदै हुनुहुन्छ भने एक घन्टा सम्म दुध नखानुहोला । यिनीहरुलाई संगै खानाले एसिडिटि, ग्याँसको समस्या हुन सक्छ ।
८. केरा
रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानु होला यसले झनै खोकी बढाँउछ ।