बागलुङमा थप २४ जनामा संक्रमण पुष्टि

अषाढ ४,बागलुङ | जिल्लामा शुक्रबार विहान मात्रै एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गल्कोट नगरपालिकाका २ महिला सहित ८ जना र काठेखोला गाउँपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमित मध्ये गलकोट नगरपालिका–११ रिघाका छन भने काठेखोलामा वडा नं.– ६ विहुँका २ जना, वडा नं. ३, धम्जाका २ जना वडा नं. ४ र ७ का एक÷एक जना रहेका छन ।

यसैगरी काठमाण्डौं प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५ जना पुरुष र ढोरपाटन नगरपालिकाका १ जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । उनिहरु मध्ये बागलुङ नगरपालिका–१२ र १० का रहेको क्यारेन्टिनमा र ढोरपाटन नगरपालिका–५ मा रहेको क्यारेन्टिनमा बसेका भारतबाट आएका नागरिक थिए । एकैदिन ठुलो संख्या थपिए सँगै बागलुङमा संक्रमित संख्या ६६ पुगेको छ ।

संक्रमण पुष्टि भएका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाकाका १९ जना संक्रमितलाई धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको प्रि आइलोसेनमा ल्याउने तयारी गरिएको छ भने ढोरपाटनका पाँच संक्रमितलाई भने सोही स्थानकै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिने कार्यालय प्रमुख गुरौले बताए ।

गण्डकी प्रदेशको पोखरामै पीसीआर गर्ने व्यवस्था गरिए पनि परीक्षणमा ढिलाई भए पछि जिल्लाको केहि स्वाब काठमाण्डौ पठाइएको थियो । पोखरामा पठाईएको स्वावको रिर्पोट आउन एक साता कुर्नपरेको छ भने काठमाडौंबाट पाँच दिनमा आएको छ । जिल्लामा अहिले पनि ७ सय बढी स्वाब पोखरामा पीसीआर परीक्षणका लागि रहेको कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका १२ जना डिस्चार्ज भएर घर फर्किएका छन् । त्यस बाहेक अरु धौलागिरी अस्पताल सहित क्याम्पस र बुर्तिबाङको आइसोलेसनमा रहेको कार्यालयले जनाएको छ ।