पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मिलाई कोरोनाकाे संक्रमण

पर्वत-  जिल्ला सदमुकाममा रहेकाे पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका प्रमुख डा.शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा शुक्रबार विहान कोरानो पोजेटिभ पुष्टि भएको हो । काठमाण्डौको टेकु स्थित प्रयोशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए ।  अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिलाई नै कोरोना पोजेटिभ देखिएपछि अस्पतालले शुक्रबारदेखी अर्कोसुचना जारी नहुने बेला सम्मका लागी इमेरजेन्सी  बाहेक ओपिड सेवा बन्द गरेकाे छ ।