बागलुङ, आषाढ ४| बैंक तथा वित्तिय संस्थामा काम गर्नेहरुको साझा संस्थाको रुपमा रहेको बैंकर्स बागलुङले नयाँ नेतृत्व चयन गरेको छ ।
जिल्लामा संचालन भएका बैंकहरुका प्रवन्धकहरुको शुक्रबार बसेको भेलाले सेन्चुरी कर्मशियल बैंक बागलुङका शाखा प्रवन्धक दिपक शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
जिल्ला कार्यसमितिको उपाध्यक्षमा गण्डकी विकास बैंकका शाखा प्रवन्धक उपेन्द्र गौतम, सचिवमा गरिमा विकास बैंकका ओमप्रकाश पौडेल, र कोषाध्यक्षमा नेपाल बंगालादेश बैंकका शाखा प्रवन्धक विकास पौडेल रहेका छन ।
त्यसैगरी समितिको सदस्यहरुमा ग्लोबल आईएमई बैंक बागलुङका शाखा प्रवन्धक हेमराज शर्मा, प्राईम कर्मशियल बैंकका शाखा प्रवन्धक सपना शर्मा, र राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रवन्धक विजय प्रकाश पौडेल रहेको ग्लोबल आईएमई बैंक बागलुङका शाखा प्रवन्धक एवं समितिका सदस्य हेमराज शर्माले जानकारी दिए ।
नव निर्वाचित अध्यक्ष शर्माले जिल्लामा कोरोनाको कारण बैंक तथा वित्तिय क्षेत्रमा ठुलो जोखिम बढदै गएको हुँदा हरेक शाखामा रहेका कर्मचारीले सुरक्षित ढंगले सेवा प्रदान गर्ने बातावरण मिलाउने बताए ।
उनले बागलुङका सवै स्थानिय तह सँग समयन्वय गरी आउँदा दिनमा बैंक तथा वित्तिय संस्थाको सहजताको निम्ती सहजीकरण गर्न बताए । भेलामा हालै मात्र सरुवा भै गएका ग्रिन डेभलपमण्ट बैंक काठेखोलाका प्रवन्धक सुदिप राजभण्डारीलाई विदाई तथा नवआन्तुक शाखा प्रवन्धकहरुलाई स्वागत गरिएको थियो ।