राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको आरोपमा सरिता गिरीविरुद्ध उजुरी

काठमाडौँ । नयाँ नक्शाविरुद्ध अभिव्यक्ति दिएकी समाजवादी पार्टीकी नेतृ तथा सांसद् सरिता गिरीविरुद्ध काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको छ।

४ जना अधिवक्ताले गिरी विरुद्ध उजुरी दिएको पसिरका डिएसपी राजकुमार केसीले बताए । उनीविरुद्ध राज्यविरूद्धको अपराधमा उजुरी परेको हो।

डिएसपी केसीका अनुसार राष्ट्रविरूद्ध अभिव्यक्ति दिएको भन्दै गिरीविरुद्ध केही अभिवक्ताहरूले उजुरी हालेका हुन्।

गिरीले नयाँ नक्शा संविधानको अनुसूचीमा समावेस गर्न प्रस्तुत गरिएको संविधान संशोधन विधेयकको विरोधमा प्रस्तावसमेत दर्ता गराएकी थिइन्।

तर, सभामुख अग्नि सापकोटाले उनको विरोध प्रस्ताव खारेज गरिदिएका थिए। तर उनले सामाजिक सञ्जालदेखि मिडियासम्म पनि विवादास्पद अभिव्यक्ति दिदै आएकी छिन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →