ललितपुरकी एक महिलामा देखियो को’रोना संक्र’मण

ललितपुरमा थप एक जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा को’रोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।

संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ।

गत २४ घन्टामा देशभर रहेका २२ वटा परीक्षण केन्द्रमा ६ हजार ८ जनाको परीक्षण गर्दा ४ सय २१ जनामा पोजेटिभ देखिएको छ । योसँगै नेपालमा को’रोना संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ ।

त्यस्तै १ सय ९४ जनाले विगत २४ घन्टामा को’रोनालाई जितेर घर फर्केका छन् ।

अहिलेसम्म कोरोनालाई जित्नेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा कोरोना संक्रमण देखिएको छ भने २३ जनाको कोरो’नाको कारण ज्यान गइसकेको छ । गुल्मिका १ जनाको नि’धन भएसँगै संख्या २३ पुगेको हो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →