काठमाडौं । पूर्वी लद्दाखमा आफ्ना २० सैनिक मा’रिएपछि भारतले ह’तियार सम्बन्धी नियम परिवर्तन गर्ने निर्णय गरेको छ।
भारतले चीनसँग गरेको सन् १९६२ को शान्ती सन्धी एकतर्फी रुपमा खारेज गरेको हो। यसअघि उक्त सन्धीकै कारण सीमामा विवाद हुँदा पनि दुई देशका सैनिकले गो’ली चलाउने गरेका थिएनन्।
चीन र भारत बिचको वास्तविक नियन्त्रण रेखा (एलएसी) क्षेत्रको २ किलोमिटर क्षेत्रमा यदि वार्ता गर्न जान पर्यो भनेपनि दुवै पक्ष ह’तियार विहिन भएर जाने गरेका थिए।
तर, शारिरीक संघर्षकै बेला गत सोमबार राति ठूलो मानवीय क्ष’ति भएपछि भारतले अब परिस्थीति हेरेर सेनालाई गो’ली चलाउँन अनुमति दिएको छ।
चिनियाँ पक्षले यसलाई सहमतिको गम्भी’र उलं’घन भनेका छन्। चिनियाँहरुले यदि भारतीय सेनाले चिनियाँ सैनिकमाथि एउटा पनि गो’ली हाने दुई देश बीचको सीमा क्षेत्र पूर्ण रूपमा भिन्न हुने चेतावनी दिएका छन्।
चिनियाँ गोल्बल टाइम्सका प्रमुख भन्छन् भारतीय सेनाले चिनियाँ सैनिकसँगको झडपमा ल’ड्न सकेन भने अझ बन्दु’क र अन्य अध्यादेशले पनि उनीहरूलाई सहयोग गर्न सक्दैन। किनकि चीनको सैन्य शक्ति भारत भन्दा धेरै उन्नत र शक्तिशाली छ।
हु छिजिन लेख्छन् , ‘इन्डियन मिडियाका अनुसार भारतले चीनसँगको सिमानामा रहेको भारतीय सेनालाई ‘कारबाहीका लागि पूर्ण स्वतन्त्रता’ दिएको, ‘असाधारण परिस्थितिमा ब’न्दुकको प्रयोग’ सहित। यदि यो सत्य हो भने सम्झौताको गम्भीर उल्लघंन हो र भारतीय पक्षले त्यस्ता कार्यहरूको लागि ठूलो मूल्य चुकाउनुपर्नेछ।’
चीनको जिडिपी भारतको भन्दा ५ गुणा र सैन्य खर्च ३ गुणा बढि रहेको उनको भनाई छ। उनले शान्तिलाई कदर गर्न भारतीय राष्ट्वादीहरुलाई आग्रह गरेका छन।
भारतीय अधिकारीहरुले आफ्ना कट्टरपन्थीहरूलाई चित्त बुझाउन चीनतर्फ ठूलो क्ष’ति भएको भन्दै क्षतिको अनुमान रहेको सरकारी अखबार गोल्बल टाइम्सले जनाएको छ।
भारत र चीनबीच सीमा विवादलाई लिएर १९६२ मा समेत युद्ध भएको थिएको थियो। तर, भारत नराम्ररी हारेको थियो।
चिनियाँ विज्ञहरुको दाबी छ, यदि फेरि भारत यु’द्धमा गए १९६२ को भन्दा ठूलो क्षति र लज्जास्पद हा’र बेहोर्ने छ।
चिनियाँ सैन्य विज्ञ भन्छन्, ‘चिनियाँ सेनासँग सूचना जडित सेनाको लडाई प्रणाली छ, जसले सबै सेना, हतियार र उपकरणहरुलाई एकसाथ चलाउछ’
भातरले विदेशबाट किनेर ल्याएका ह’तिया’रहरु पुराना तथा भारतीय सेनाले समन्वयात्मक ढंगले चलाउन पनि नसक्ने चीनको दाबी छ।
भारतको सै’न्य हति’यारबारे चिनियाँको टिप्पणी छ, ‘भारतीय सेनाले विभिन्न देशहरूबाट खरिद गरिएका हति’यारहरू प्रयोग गर्छन, जुन धेरैले एक अर्कासँग राम्रोसँग समन्वय पनि जान्दैनन्, उनीहरूको अनुशासित सेनाको रुपमा जेटहरु चलाउँन सक्दैनन् र आफ्नै सहकर्मीको हेलिकप्टरमा गो’ली हान्न पनि सक्छन्।’
शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित सर्वदलीय बैठकमा चिनियाँ से’ना भारतको क्षेत्रमा नआएको बताएपछि अहिले भारतभित्रै आलोचना भइरहेको छ।
चिनियाँ पर्यवेक्षकहरू मोदीको उक्त अभिव्यक्तिलाई भारतले चीनसँग यु’द्ध नचाहेको र नरम बोली मार्फत तनावलाई शान्त पार्न प्रयास गरिरहेको रुपमा हेरेका छन।
शंघाईमा फुदान विश्वविद्यालयको सेन्टर फर साउथ एशियन स्टडीजका प्राध्यापक लिन मिनवागं भन्छन,’तनाव कम गर्न मोदीको टिप्पणी अत्यन्तै सहयोगी हुनेछ किनभने भारतका प्रधानमन्त्री भएर उनले कट्टरपन्थीहरूले चीनमाथि आरोप लगाउन सक्ने नैतिक आधारलाई हटाएका छन्।’
‘भारत सरकार र सैन्य नेताहरूले चीन कत्तिको श’क्तिशाली छ भनेर बुझेका छन्, तर भारतीय राष्ट्रवादीहरु अज्ञानी र अहंकारी छन्’, लिन भन्छन् ‘त्यसैले उनीहरूले केहि कठोर शब्द बोल्न सक्छन, तर उनीहरूले हामी विरुद्ध पहिलो गो’ली हाल्ने हिम्मत गर्दैनन्।’
चीनले भारतसँगको द्व’न्द्व बढाउन नचाहेको, तर भारतीय सेनाको कुनै पनि उत्तेजनालाई जवाफ दिन पर्याप्त क्षमता रहेको चिनियाँको दाबी छ।
यो लडा’ईले भारतलाई ठुलो चोट पुर्याएको र अर्थव्यवस्था पछाडि धके’लिने चीनका विश्लेषकहरूको भनाई छ।