काठमाडौँ,असार ८ । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता सुदेश पराजुलीले प्याब्सन र एन-प्याब्सन खारेज गर्न आग्रह गरेको छन् ।
विद्यार्थी नेता पराजुलीले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सो कुरा बताएका हुन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका थिए ।
नेपाल सरकार । प्याब्सन र एन-प्याब्सन तुरुन्तै खारेज गर ।
निजि शैक्षिक सस्था सञ्चालकहरूले लकडाउनका समयमा पनि शुल्क तिर्न अभिभावकलाई आदेश जारी गरेको छ, यस्तो महामारीको समयमा पनि व्यापार गरेर अपार हुनेलाई तुरुन्तै कारबाही गर्न नेपाल सरकारले ठिलो गर्नु हुदैन । शिक्षा क्षेत्रका दलालहरुलाई तुरुन्तै राज्यले नियन्त्रण गरोस् ।
सम्पूर्ण अभिभावकहरु शिक्षाका लुटेरहरुको उर्दीलाई खारेज गरौ ।
“दलालहरु तिमिलाई हेक्का छ हाम्रो संविधानले के भन्छ”
शिक्षा सम्बन्धी हकः
१,प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
२,प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
३,अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ ।
४,दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ।
५,नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ