सुर्खेत अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

सुर्खेत, असार ८ गते । बिरामीको उपचार गर्ने क्रममा सुर्खेतस्थित प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा प्रदेश अस्पतालमा कार्यरत ती स्वास्थ्यकर्मीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पतालमा कार्यरत पाँच जनालाई कोरोना सङ्क्रमण भएको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सङ्क्रमित पाँच जना स्वास्थ्यकर्मीहरू प्राविधिकतर्फका रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये एक जना भिडियो एक्सरेमा कार्यरत र अन्य चारजना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरू हुन् ।

गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सरेको मन्त्रालयले जनाएको छ । जेठ ३१ र ३२ गते दैलेखका दुई जना र सुर्खेतका एक जना बिरामी प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका बिरामीमा बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । असार ३ गते बिरामीहरूको पीसीआर परीक्षण गर्दा कोरोना देखिएको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →