योगगुरु रामदेवले आयुर्वेदिक औषधीले कोरोनाको उपचार गर्ने दाबी गरेका छन् ।
यसका लागि कोरोनिल नामक औषधी उनले लञ्च गरेका छन् । यसलाई पतञ्जली योगपीठले तयार गरेको हो ।
रामदेवका अनुसार कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा छ जसले शरीरको प्रतिरोध क्षमता बढाउँछ । यस औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने दाबी गरिएको छ ।
रामदेवको दाबी अनुसार कोरोनिलको क्लिनिकल केस स्टडीमा २८० बिरामीलाई सामेल गरिएको थियो ।
१०० जनामाथि यसको क्लिनिकल ट्रायल गरिएको थियो । यो औषधी दिइएको ३ दिनपछि ६९ प्रतिशत बिरामी पोजेटिभबाट नेगेटिभ भएका थिए भने ७ दिनभित्र शतप्रतिशत बिरामी निको भएका थिए ।
यसमा मृत्युदर शुन्य प्रतिशत रहेको थियो ।
रामदेवले लञ्च गरेको कोरोनाकिटमा कोरोनिलको साथै श्वासारी बढी र अणु तेल पनि सामेल छ ।
रामदेवका अनुसार तीनैको एक साथ प्रयोग गर्ने हो भने कोरोनाको संक्रमण खत्तम हुनेछ । र, यसले अन्य बिमारीबाट पनि बचाउनेछ ।
रामदेवका अनुसार शरीरमा अक्सिजनको कमी हुँदा श्वासरीले फाइदा गर्छ । यसले रुघा र खोकीबाट एकैपटक लड्न मद्दत र्गछ ।
अणुतेललाई नाकमा हाल्नुपर्नेछ । यसले कोरोनाबाट मानिसलाई बचाउने दाबी गरिएको छ ।
स्रोत : दैनिक भास्कर
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।