अब मानसलाई को*रोनाविरुद्धको भ्याक्सिन दिने तयारी

काठमाडौँ । बेलायतमा को*रोनाविरुद्धको भ्याक्सिन मानिसमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ।

लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो परीक्षण गरिन लागेको हो।

इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन्।

यो भ्याक्सिनको जनावरमाथि ट्रायल सफल भइसकेको छ भने यसले रोग प्रतिरोधी क्षमतालाई थप राम्रो बनाउन मद्दत मिल्नेछ अपेक्षा गरिएको छ।

चीनको वुहानबाट सुरु भएको को*रोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ।

को*रोना महामारी नियन्त्रणका लागि विश्वभरका वैज्ञानिक भ्याक्सिन बनाउने तयारीमा जुटिरहेका छन्।

हाल विश्वभर १२० स्थानमा को*रोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयास भइरहेको बताइएको छ ।

तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ।

यी १३ स्थानमध्ये पाँच चीन, तीन अमेरिका र दुई बेलायतमा छ भने अष्ट्रेलिया, रुस र जर्मनीको एक-एक स्थानमा ट्रायल चलिरहेको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →