तपाईको राशि के ? सुनका गहनाले अशुभ गर्न सक्छ है (अवश्य पढ्नुहोला)

काठमाडौं । विश्वबजारमा सुनको मुल्य दिनानुदिन बढेको बढयै छ । तरपनि सबै वर्गका व्यक्तिहरुले सुनका गहना लगाउने रहर हुन्छ ।

हुनपनि हो सुनका गहना मन नपराउने को छन् र ?

सुनको आफ्नै महत्व छ । धार्मिकशास्त्र र ज्योतिषशास्त्र अनुसार पनि सुनका गहना अत्यन्तै शुभ मानिन्छ ।

पृथ्वीमा रहेका मध्ये बहुमुल्य धातुको रुपमा लिइन्छ सुन र हिरा लगायतका धातुलाई । धातुको विभिन्न ग्रहसँग सम्बन्ध रहेको हुन्छ ।

सौर्यमण्डलामा रहेका ग्रहहरूले एक व्यक्तिको शरीरमा रहेको धातुको अनुसार असर देखाउँछ ।

त्यसैले धातु शरीरमा लगाउँदा ख्याल गर्नुपर्ने हुन्छ । कहिलेकाही शरीरको हालत धातुको गहना रहनाले विभिन्न ग्रहहरुको नकारात्मक असर हुने गर्छ भनिन्छ ।

सुनका गरगहनालाई लापरवाही गरिनु पनि गलत हो भन्ने गरिन्छ धर्मशास्त्र अनुसार। सुनको गहनाकै कारण भाग्यमा पनि असर गर्छ है भनेर धर्म शास्त्रले र ज्योतिष शास्त्रले बताएको छ ।

यी कुराहरु झट्ट सुन्दा सामान्य हो तर हामीले ख्याल गर्दैनौं ।

ज्योतिष शास्त्रका अनुसार मेष राशि, कन्या राशी र धनु राशि ।

हाम्रा बाह्र राशिमध्ये यी तीन राशिले भुलेर पनि सुन लगाउनु हुँदैन ।

यी तीन राशि भएका व्यक्तिहरुले हातमा औंठी लगाउँदा पनि बाधा पुग्छ ।

यी राशि भएका व्यक्तिहरुले जिवनमा दुख मात्र पाइरहेका छन् भने सुन लगाउनु हुँदैन ।

यी व्यक्तिहरुले हातमा सुन लगाउनै हुँदैन । लगाउनै परे पनि चाडवाड र विशेष बेलामा मात्र लगाउनुहोस् यदि तपाइको राशि यी ३ मध्ये एक हो भने ।

नत्र भने सुनका गरगहनाले तपाइको प्रगतिमा बाधा ल्याउँछ ।

ज्योतिष सत्र अनुसार तपाइको जिवनमा बाधा ल्याउने औंठी बेच्दा पनि तपाइको बाधा हटेर जाने ज्योतिष शास्त्रले बताउँछ ।

सुन लगाउँदा मेष कन्या र धनु राशीको धन सम्पत्ति र उर्जामा नकारात्मक असर पैदा गर्छ ।

यी तीन राशि आफैमा उर्जाशील राशी हो ।

सुनले उर्जा दिन्छ त्यसैले उर्जा बढी भयो भने त्यसले नकारात्मक उर्जा दिने ज्योतिषशास्त्रीहरु बताउँछन् । त्यसैले तपाइ आफ्नो जीवनलाई सजाउन चाहनुहुन्छ भने सुन लगाउने र सुन राख्ने विधि पनि जान्नुपर्ने हुन्छ ।

ज्योतिष शास्त्रका अनुसार मेष कन्या र धनु राशिले बायाँ हातमा सुन लगाउनु उचित होइन ।

यसो गर्दा दुर्भाग्य निम्त्याउछ भन्ने विस्वास गरिन्छ । साथै सुन हराउनु र भेटाउनु पनि अशुभ मानिन्छ ।

सुन हराउँदा स्वास्थ्यमा समस्या आउछ र भेटिएको सुन घरमा राख्दा खर्च बढेर जाने बताइन्छ ।

सुन हराउनु र भेटाउनु ले पनि अशुभ बोल्छ । यदि तपाई दाम्पत्य जीवन सुखमय बनाउन चाहनुहुन्छ भने घाँटीमा सुनको सिक्री र चोरी औंलामा सुनको औंठी लगाउनुहोस् तर गर्भवती महिला र वृद्द सकेसम्म सुन नलगाउनुहोस ।

खुट्टामा सुन लगाउनु पनि अशुभ मानिन्छ । फलाम कोइला वा शनिसंग समबन्धित काम गर्ने मान्छेले पनि सुन लगाउनु हुँदैन । यो अशुभ मानिन्छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →