बागलुङ-
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भए उपचारका लागि आईसोलेशनमा बसेकी महिलाले आईसोलेशन भित्रै बच्चा जन्माएकी छन । जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचाररत एक युवतीले विहिबार विहान छोरा जन्माएकी हुन । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय एक युवतीले आइसोलेसन कक्षमै छोरालाई जन्म दिएकी हुन् । उनलाई यही आषाढ ६ गते कोरोना संक्रमण पुष्टी भए पछि ७ गतेबाट अस्पतालको आईसोलेशनमा उपचार गराईएको थियो । युवतीको बुधबार साँझ पिसिआर रिपोर्ट नेगेटिभ आएको अञ्चल अस्पतालमा सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । भारतदेखि घर फर्केका युवतीका श्रीमान श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिएको थियो । अहिले दुवै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले गौतमले जानकारी दिए । आइसोलेन कक्षमा रहेकी युवतीलाई सुत्केरी वेथा लागेपछि छुटै कोठामा व्यवस्थापन गरी सहज रुपमा सुत्केरी सेवा प्रदान गरिएको धौलागिरी अञ्चल अस्पताल नर्सिङ अधिकृत देवी भट्टराईले जानकारी दिईन । सुत्केरी आमा र नवजात शिसुको अवस्था सामान्य रहेको छ । अहिले युवती र बच्चाको अवस्था सामान्य छ नर्सिङ अधिकृत भट्टराईले भनिन ‘युवतीको नर्मल डेलिभरी भएकी हुन । अहिले अवस्था सामान्य छ, बच्चाको पिसिआर जाँच गरेपछि दुबैको अवस्था सामान्य रहेक अस्पतालबाट घर पठाउने छौं । बागलुङमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ जना निको भएर घर फर्केका छन भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । धौलागिरी अञ्चल अस्पतालमा २० जना र धौलागिरी बहुमुखी क्याम्पसको आईसोलेशनमा ४६ गरी ६६ जना आईसोलेशनमा छन । भने बाँकी, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र स्थानिय तहले निर्माण गरेका आईसोलेशनमा रहेका छन । बागलुङको दश स्थानीय तहले तयार गरेको क्वारेन्टाइनमा एक हजार ४८१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।