सुशान्तको मृ’त्युपछि विश्वकाे धेरै ठाउँमा उनका फ्यानहरु दुखी भएका छन् ।
केही फ्यानहरुले त उनकाे मृत्युपछि अत्म ह’त्या समेत गरेका छन् ।
उनका क्लासमेटहरु उस्ले किन यस्तो कदम उठाउन बाध्य भयो भनेर चकित भएर बसेका छन् । उनी सधै सकरात्मक सोच्ने र जीवनमा सकरात्मक उर्जा प्राप्त गर्न प्रेरित गर्ने व्यक्त्तिमा पर्थे ।
उनका केही साथिहरूले उनका बारेमा केही कुरा खुलाएका छन् ।
उनकी स्कूल सँगै पढेकी साथी आरती बान्द्राले उनी खुशीको एउटा प्याकेज नै भएको बताएकी छिन् ।
उस्ले कहिले पनि आफ्नो टाउकोमा बोझ लिएन ।
हरेक कुरालाई सरल रुपमा लिन्थ्यो ।
एसटी करण हाइस्कूल पटनाबाट ८ कक्षा पास गरेपछि उ दिल्ली आएको थियो ।
मैले पहिलोपटक उस्लाई कुलाची हंसराज स्कूल दिल्लीमा भेटेको हो । उ नयाँ बिद्याथीको रुपमा हामी पढ्ने स्कुलमा आएको थियो ।
उ मेरो साथी बन्न पुग्यो । उ र म मा धेरै भिन्नता थियो । उ एकदमै हास्न र रमाइलो गर्न मन पराउने व्यक्त्ति थियो । म पढ्नमा एकदम ध्यान दिन्थे । उस्ले पढाइलाई सामान्य रुपमा लिने गर्थ्यो । उ एकदमै अलराउन्डर भएकोले शिक्षक शिक्षिकाको माया पाएको थियो ।
उस्मा धेरै कन्फिडेन्ट थियो ।
हामी सबै स्कूलबाट बिदा हुदैथ्यौ । म एकदमै लो फिल गरिरहेको थिए । तर उ एकदमै सहज रुपमा लिइरहेको थियो ।
त्यसपछि हामी बाहिर निस्कने तरखर गर्दै थियौं इन्जिनियरिङ पढ्नको लागि कोचिङ् क्लास पढाउनेले खैरौ पर्चा बाढिरहेको थिए ।
मैले उक्त्त पर्चा लिए । सुशान्त कुदेर आयो र उक्त्त पर्चामा आइ लभ यु आरती लेखेर भाग्यो ।
मैले उस्लाई बोलाएर उस्को हातमा भएको पर्चा मागे अनि किन यस्तो लेखेको भनेर प्रश्न गरे, उस्ले सहजै उत्तर दियो, “के थाहा जिन्दगीमा भोली भेट होला नहोला आज यही पर्चा दिए” उस्को त्यो पर्चा मैले आज सम्म पनि सम्हालेर राखेको छु ।