बागलुङ- जिल्लाका विभिन्न विद्यालय,सामुदायिक भवन र सार्वजनिक स्थानमा निर्माण गरिएको क्यारेन्टिनमा असुरक्षित देखिएसँगै विदेशबाट आउने नागरिकहरु आफ्नो सुरक्षाको लागि होटल क्वारेन्टिमा बस्न थालेका छन । सार्वजनिक स्थानमा निर्माण गरिएका क्वारेन्टिमा रहेकामा नै कोरोनाको संक्रमण बढी देखिए सँगै पछिल्लो समयमा आउनेले होटल क्यारेन्टिनको खोजी गरेका छन । सदरमुकाम बागलुङ बजारका केही सुविधा सम्पन्न होटलहरुमा अहिले विदेशबाट आएका नागरिक बस्ने दर बढेको छ । जिल्लामा विदेशबाट आउनेलाई क्वारेन्टिन बस्न दुई विकल्प दिईएको थियो । सशुल्क र निशुल्क, तर अधिकाशं तेस्रो मुलुकबाट फर्किका नागरिकहरु आफ्नै खर्चमा होटल क्वारेन्टिन रोजेका छन । पहिलो विकल्प स्थानिय तहले निःशुल्क रुपमा क्यारेन्टिमा बस्ने व्यवस्था भन्दा आफ्नै खर्चमा सुरक्षित हुने मानेर सशुल्क सुविधा सम्पन्न होटल क्वारेन्टिनको बसेका छन । कोरोना संकटका कारण तीन महिनादेखि ठप्प रहेका बजारका ठुला र सुविधा सम्पन्न होटलहरु अहिले भरिन थालेका हुन ।
बाहिरी क्वारेन्टिनमा बस्दा केही असुरक्षित हुने डरले होटल क्वारेन्टिनमा बसेको कोरियाबाट आएका एक युवाले बताउँछन । हामी नेपाल आउँदा पिसिआर परिक्षण गरी आएका हौं । हामीमा कोरोनाको संक्रमण छैन् । उनले भने,–“तर क्यारेन्टिनमा त बस्नुप¥यो । यहाँका स्थानिय तहमा निर्माण गरिएका क्वारेन्टिन अहिले असुरक्षित छन भन्ने सुनियो सबै एकैठाउँमा हुँदा संक्रमण फैलिएला की भन्ने डर, त्यसैले आफ्नो व्यक्तिगत खर्चमा होटल क्वारेन्टिनमा बसिएको छ । उनले आफुहरु होटलमा सुरक्षित ढंगले १४ दिन सम्म क्वारेन्टिनमा बस्ने बताए ।
जिल्लामा अधिकाशं भारतबाट भित्रिएका नागरिक स्थानिय तहले तयार पारे क्वारेन्टिनमा निशुल्क खानपान सहितको बसेका छन भने तेस्रो मुलकबाट जिल्ला भित्रएका नागरिकहरु होटल क्वारेन्टिनमा बस्न थालेका हुन । स्थानिय तहहरुले पनि नागरिकहरुलाई होटल अथवा गाउँमा निर्माण गरिएका क्वारेन्टिन कुनमा बस्ने रोजाएर व्यवस्थापन गरेको छ । यसरी होटमा नै बस्ने बागलुङ नगरपालिकाका नागरिक धेरै रहेका छन ।
एक रात बसेको १७ सय ५० रुपैयाँ
विदेशबाट आउनेले सुविधा सम्पन्न क्वारेन्टिनमा बस्न चाहेमा एक दिनको होटल क्वारेन्टिनमा बस्न प्रति व्यक्ति १ हजार ७ सय ५० रुपैया र दुई बेड कोठामा प्रति व्यक्ति .१ हजार ५ सय रुपैयाँ शुल्क तय गरिएको होटल व्यवसायी सघं बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए । सदरमुकाममा केही होटललाई क्वारेन्टिनको लागि व्यवस्था गरेका छौं अध्यक्ष राजभण्डारीले भने, ‘अधिकाशं तेस्रो मुलकबाट आएका छन, उनिहरुले पिसिआर परिक्षण गरेरै आएका छन, भारत बाट आएका पिसिआर गरी नतिजाको पर्खाईमा बसेका पनि राखेका छौं । ‘यसले हामीलाई नाफा त हुँदैन, तर देशलाई संकट पर्दा साथ सहयोग गरौ भन्ने हिसावले होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको हो ।
होटल पिस प्यालेसका सञ्चालक समेत रहेका राजभण्डारीले ‘ जोखिम सँग जुध्दै आम संकटको समयमा सहयोग गर्दा छिरछिमेकी र समाजले अलि नबुझेको बताए । उनले होटलमा बस्नेलाई पुर्ण सुरक्षित ढंगले सेवा दिँदा पनि होटलमा काम गर्ने मजदुर नै अन्य पसलमा जाँदा भेटभावमा परेको बताए । हामी पुर्ण रुपमा सुरक्षित भएर सेवा दिएका छौं राजभण्डारील भने, उनिहरुलाई खाना पनि प्याकिङ पठाएका छौं सुरक्षाका सवै उपाय अपनाएका छौं तर समाजले भने फरक दृष्टीकोणले हेर्न थाल्यो । उनले समाजले अहिलेको बाध्यतालाई नबुझदा कठिनाई भएको बताए ।
अहिले जिल्ला सदरमुकामका होटलमा तेस्रो मुलुकबाट आएका ३४ जना होटल क्वारेन्टिनमा बस्दै आएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । होटल पिस प्यालेसमा १२, होटल दि राजनमा १३, त्रिवेणी होटलमा ६ र होटल रेड एप्पलमा ३ जना होटल क्वारेन्टिनमा बसिरहेको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । नागरिकहरु होटल क्वारेन्टिन भए पनि समय समयमा नगरपालिकाले उनिहरुको स्वास्थ्य अवस्था बारे बुझ्ने र निगरानी गरेको छ । बागलुङमा होटल बाहेक रामरेखा र रमेटारको क्वारेन्टिनमा बस्नेको संख्या ६४ छ । बागलुङ जिल्ला सदरमुकाममा होटल क्वारेन्टिनको क्षमता १ सय ५० रहेको होटल व्यवसायी सघंले जनाएको छ ।
होटल व्यवसायीलाई समाजको फरक व्यवहार हे¥यो
होटल क्वारेन्टिन बनाएर बाहिरबाट आउनेहरुलाई राखेसँगै होटल आसपासका बासिन्दा भने सन्त्रासमा देखिएका छन् । उनीहरुले होटल क्वारेन्टिनमा बसेकाहरुले झ्याल खोलेर हेर्दा, होटलमा कार्यरत मजदुर, सञ्चालक र तिनका परिवारसँग पनि फरक व्यवहार गर्न थालेको गुनासो होटल व्यवसायीको छ । कोरोना संकटका यो कठिन समयमा सरकारलाई सहयोग गर्न क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिए पनि समाज र छरछिमेकले राम्रो हिसावले नलिएको व्यवसायीहरु बताउँछन ।
सदमुकामका होटल क्वारेन्टिनमा संक्रमित नभई विदेशवाट आएको नागरिकलाई राखिएकाले समाज त्रसित हुन जरुरी नगरको जनस्वास्थ्य अधिकृत खनाल बताउँछन । होटलमा खाने बस्ने देखी शौचालय समेत एउटै कोठामा भएका कारण अरु सामान्य क्वारेन्टिन भन्दा धेरै सुरक्षित छन, खनालले भने, यस क्षेत्रमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारका क्यारेन्टिन निर्माण गर्न सम्भव छैन । यस्तो अवस्थामा अन्य भन्दा होटल क्वारेन्टिन नै धेरै सुरक्षित देखिन्छन । होटलमा सुविधा र सुरक्षित बढि भएकै कारण खर्च गरेरै पनि क्वारेन्टिन बस्ने संख्या पछिल्लो समय बढ्दै गएको हो ।’
भेदभाव गर्नेलाई कारबाही हुन्छ
उनले विद्यालयमा एउटै कोठामा एक जना राख्न समस्या भएको हुँदा यहाँ धेरै राख्नुपर्ने बाध्यता आउँछ तर होटलमा एक्लै बस्दा संक्रमण भएको खण्डमा अन्यलाई समेत नसर्ने हुँदा होटल क्यारेन्टिन धेरै सुरक्षित रहेको बताए । खनालले होटलमा विदेशबाट आएका राख्दा प्रयाप्त सचेतता सुरक्षा अपनाइएकाले समस्या र संक्रमणको जोखिम नभएको बताए । केही दिन यता होटल सञ्चालकलाई समुदाय स्तरमा हेला तथा भयको दृष्टिले हेरेको भन्ने सुन्न पनि आएको हुन्दा यदी कसैले भेदभाव पाईएमा संक्रमण ऐन २०२० संशोधित २०७७ अनुसार भेदभाव गर्नेलाई कारवाहीको समेत व्यवस्था रहेको बताए । उनले यस्तो व्यवहार गर्ने जो कोहीलाई पनि नगरपालिका कारबाही गर्न पछि नहटने खनालको भनाई छ ।