गाजा उत्पादन तथा कारोबारको आरोपमा वडा अध्यक्ष सहित दुई जना प्रक्राउ

बागलुङ-

जिल्लाको पश्चिम निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाबाट गाजा उत्पादन र कारोबारको आरोपममा वडा अध्यक्ष सहित दुई जना प्रक्राउ परेका छन ।
निसीखोला गाउँपालिका वडा नं.–६ का वडा अध्यक्ष सुर्यबहादुर घर्ति सहित ढोरपाटन नगरपालिका –१ बुर्तिबाङ बजारमा मिना खाजा घरका संचालक धनबहादुर भण्डारीलाई ठुला परिमाणमा गाजा बनाउने कच्चा पदार्थ सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए ।
बुर्तिबाङ बजारमा ७ जना गाजा खाने युवाहरुलाई प्रहरीले फेला पारी सोधपुछ गर्दा उनिहरुले मिना खाजा घरबाट लिएको भनि खुलेपछि प्रहरीले मिना खाजा घरमा छापा मार्दा ९ केजी गाजा भेटाएको प्रनाउ रेग्मीले बताए । हाम्रो प्रहरीले सुरुको युवाहरुले भनेको आधारमा खाजा घरमा खानतलास ग¥यौं रेग्मीले भने, उनकोमा नौ के.जी.गाजा भेटियो धनबहादुरलाई सोधपुछ गर्दा निसीखोलाका वडा अध्यक्षको बाट लिएको खुल्यो, सोही सुचनाका आधारमा प्रहरीले वडा अध्यक्षकोमा फलो गरेको हो ।
वडा अध्यक्ष घर्तिको घरमा लुकाई राखेको अवस्थामा बिहिबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीको टोलीले गाजा जस्तो देखिने ८६ किलो मसिनो धुलो (कच्चा पदार्थ) भेटेपछि वडा अध्यक्ष घर्तिलाई पक्राउ गरेको हो ।
डिएसपि रेग्मीका अनुसार गाजा बनाउन प्रयोग गर्ने ठुला परिमाणको कच्चा पदार्थ सहित वडा अध्यक्ष घर्ति र खाजाघर संचालक भण्डारीलाई नियन्त्रणमा प्रारम्भिक सूचनामा प्राप्त भएको छ । उनिहरु दबै जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखेर प्रारम्भिक सोधपुछ र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ प्रारम्भिक अनुसन्धान पछि थप कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा ल्याइने प्रहरीले जनाएको छ । वडा अध्यक्ष घर्ति स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट बिजयी भएका थिए ।

तस्बिरः लागु औषधको आरोपमा पक्राउ परेका वडा अध्यक्ष सुर्यबहादुर घर्ति ।