नेपालमा को*रोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
आइतवार थपिएकामध्ये सबैभन्दा बढी बाजुराका ९५ र महोत्तरीका ५६ जना छन् ।
काठमाडौं उपत्यकामा पनि थप १ जनामा संक्रमण पुष्टि भएको छ, संक्रमित ललितपुरका हुन् ।
संक्रमितमध्ये ३ हजार १३ जना निको भएर घर फर्किएको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ७९ जना को*रोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।