बागलुङ-
जिल्लामा थप ३७ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार विहान, बेलुका ३५ जना र आईतबार २ जना गरी थप ३७ जनामा कोरोना पुष्टी भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १ सय ८० पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । शनिबार कोरोना पुष्टी हुनेका जिल्लाको बागलुङ नगरपालिकामा, १९ जना, ढोरपाटन नगरपालिकामा १, बडिगाड गाउँपालिकामा ६ र काठेखोला गाउँपालिकामा काठेखोला गाउँपालिकामा ११ जना रहेका छन ।
पहिलो पटक समुदायमा देखियो
काठेखोला गाउँपालिकाका ११ जना मध्ये ३ जना क्वारेन्टिनमा काम गर्नेमा संक्रमण देखिएको छ । यो सँगै जिल्लामा पहिलो पटक समुदायमा यसको संक्रमण देखिएको हो । संक्रमित तिन जना मध्ये जिल्लाको काठेखोला गाउँपालिकाको अमर मावि क्वारेन्टिनमा खाना पु¥याउने दुई जना र एक प्रहरीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुलाई दैनिक खाना पु¥याउने एक महिला, उनलाई सहयोग गर्ने एक पुरुष र क्वारेन्टिनको सुरक्षामा खटिएका प्रहरीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
खानो खुवाउने र सुरक्षाकर्मीमा संक्रमण पुष्टि
गाउँपालिकाले क्वारेन्टिनमा खाना खुवाउने दुई र अर्का एक सुरक्षामा खटिएकाको रिपोर्ट पोजेटिभ आएपछि अहिले गाउँपालिकालाई सिल गरेको छ । गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले पे्रस विज्ञप्ती जारी गरी गाउँपालिका भित्र समुदायमा यसको संक्रमण फैलिन सक्ने जोखिम रोक्नका लागि आगामी २० गते सम्मलाई सिल गरिएको बताएका छन । धेरै सुरक्षा अपनाउँदा अपनाउँदै पनि क्वारेन्टाईनको व्यवस्थापनमा खटिएकालाई नै यसको संक्रमण देखिए पछि गाउँपालिकालाईले सिल गरेको हो । उक्त क्वारेन्टिनमा बस्दै आएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका खाना खुवाउने महिला परिवारसँगै बस्दै आएका छन् ।
सुरक्षा कवचलाई सहि प्रयोग नगर्द समुदायमा फैलियो
क्वारेन्टिनमा व्यवस्थापन गर्नेले सुरक्षा कवचलाई सहि तरिकाले प्रयोग नगर्दा र उनिहरुको लापरवाहीका कारण कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको हुन सक्ने स्वाथ्यकर्मीहरु बताउँछन् । ‘यो क्वारेन्टिनमा बस्नेहरुमा र व्यवस्थापनमा खटिने हिडने, धारा लगायतका स्थान एउटै थियो, पहिले भित्र संक्रमित छन भन्ने भएन, सुरक्षाका उपायहरु उनिहरुले राम्रो सँग अपनाएनन्, गाउँपालिकाका स्वास्थ्य शाखाका सह संयोजक सोमराज पाण्डेले भने, खाना खुवाउने र सुरक्षाकर्मीले पनि हामीले दिएका स्वास्थ्य सुरक्षा सामग्री प्रयोगमा लापरवाही या बेवास्ता गरेकै कारण यसको परिणाम हुन सक्छ ।’ पाण्डेका अनुसार क्वारेन्टिनमा बस्नेकै लापरबाहीका कारण समुदाय सम्म पुगेको अनुमान गर्न सकिन्छ । गाउँपालिका भित्र थप संक्रमण फैलिन नदिनका लागि कन्ट्याक्ट ट्रेसिङ गरेर उनिहरुको स्वाब परिक्षणका लागि पठाईने तयारी थालेको छ ।
तस्बिरः काठेखोला गाउँपालिकाको अमर मावि क्वारेन्टिन ।