बागलुङ-
गलकोट नगरपालिकाका उप–प्रमुख रेणुका काउचा मगरले बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई अर्थिक सहयोग गरेकी छन । काउचाले आफ्नो जन्मदिनको अवसरमा आश्रमका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेकी हुन । उनले नेपाल निजामती कर्मचारी युनियन बागलुङका उपाध्यक्ष एवं धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मि देवप्रकाश घिमिरे मार्फत आश्रमका लागि सहयोग पठाएकी थिईन । आफ्नो व्ययस्तताका कारण सहयोगका लागि आश्रममा उपस्थित हुन नसकेका कारण घिमिरे मार्फत सहयोग पठाएको काउचाले बताईन । काउचाले पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौ खर्च गरेर अनावश्यक खर्च बढाउने क्रम बढेको भन्दै यस्ता प्रबृतिको रोक्नका निम्ती पनि आफुले आश्रमलाई सहयोग गरेको बताईन । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न पनि पछि पर्दैनौ काउचाले भनिन–“तर गरिब दिन दुःखीलाई विहान बेलुका छाक टार्न पनि मुस्की परेको छ भने आश्रमको व्यवस्थापनमा पनि उत्तिकै कठिनाई छ । यो अवस्थामा आश्रममा आश्रितको थप व्यवस्थापनका निम्ती केही सहयोग पुगोस भन्ने उद्देश्यले सानो रकम सहयोग गरेकी हुँ ।”
उनले आफुले सडकमा व्यसहाराको व्यवस्थापन र सडक मानव मुक्त बनाउने अभियानमा आश्रमलाई सधै साथ गर्ने बताईन । तिन वर्ष अघि स्थानिय समाजसेवी र युवाहरुको सक्रियतामा बागलुङ सदमुकाममा आश्रम संचालन गरिएको छ । आश्रममा बृद्ध, अशक्त अपांग र सडकमा अलपत्र परेका व्यक्तिहरु आश्रीत रहेको आश्रमको अभियान्ता एवं संचालक सुमिरा लामाले बताईन ।