आज फेरि काठमाडौंमा थपिए ८ संक्रमित, कहाँ-कहाँ थपिए त?

काठमाडौं । सरकारले घना बस्ती जनघनत्व रहेको काठमाडौं उपत्यकामा को*रोना भाइरस संक्रमणको खतरा बढेकाले सावधानी अपनाउन चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा को*रोनाको जोखिम बढिरहेको भन्दै सामाजिक दुरी कायम गर्दै अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।

पछिल्लो समय मात्रै काठमाडौं उपत्यकामा ८ जनामा को*रोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक–एक जनामा को*रोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार सोमबार नेपालमा ४ सय ७६ जना को*रोना संक्रमित थपिएका छन् ।

जसमा १ सय १३ महिला र ३ सय ६६ पुरुष रहेका छन् । योसँगै नेपालमा को*रोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमा महिला १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ जना पुरुष रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

सरकारले आफ्नो लक्ष्य अनुसार परीक्षणको दायरा बढाउन सकेको छैन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट हरेक दिन १० हजारको पीसीआर परीक्षण गर्ने सार्वजनिक अभिव्यक्ति दिएपनि सो परिणाममा परीक्षणको संख्या बढ्न नसकेको हो ।

सोमबार विगत दिनभन्दा सबैभन्दा बढी ७ हजार ७ सय ९१ जनाको को*रोना परीक्षण भएको छ ।

आजसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको को*रोना परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट १ हजार ८ सय २२ जनाको गरी आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ५७ हजार ३ सय ६८ जना रहेका छन् ।

देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत रहेका छन् ।

सोमबार १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

आजसम्म २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →