काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै १२ जना को*रोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना संक्रमित भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो ।
काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा को*रोना संक्रमण देखिएको छ ।
यस्तै नेपालमा थप १६ जनामा को*रोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३ सय १६ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका हुन् ।
अहिलेसम्म नेपालमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार सबैभन्दा बढी सुदूरपश्चिममा १ सय २१ जनामा संक्रमण देखिएको छ ।
त्यहाँ २ हजार ४ सय ५७ जना कुल संक्रमित रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा आज ४७ जना गरी ३ हजार ८ सय ७ जना संक्रमित रहेका छन् ।
प्रदेश नम्बर २ मा आज ८२ गरी कुल ३ हजार ७ सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित आजसम्म १ हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी १ हजार ४ सय ३६ जना संक्रमित रहेका छन् ।
यस्तै प्रदेश नम्बर १ मा आज १२ गरी कुल ५ सय ९५ र बागमती प्रदेशमा आज १६ गरी कुल ४ सय २८ जना संक्रमित रहेका छन् ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको को*रोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।
यस्तै आरडीटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।
अहिले देशभरका क्वारन्टिनमा ५३ हजार ७० जना रहेका छन् ।
देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् । मंगलबार ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् ।
यो सँगै आजसम्म को*रोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेको छ ।
सबैको जानकारीको लागि सिएर गर्नुहोस